प्रभु बैंकद्वारा गण्डकीका लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन « Khabarhub

प्रभु बैंकद्वारा गण्डकीका लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन


२३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम र उपभोक्तालाई लक्षित गरी एसएएमई एण्ड  कस्टुमर बैंकिङ हब गण्डकीको स्थापना गरेको छ । 

यस केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उनले कार्यक्रममा आफ्नो धारणा राख्दै बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहकलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । 

उनले बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्‍याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा जोड दिए ।

एसएएमई एण्ड  कस्टुमर बैंकिङ हब गण्डकी मार्फत प्रदान गरिने प्रमुख सेवाहरू:  

  • व्यवसाय तथा परियोजना ऋण  
  • उपभोक्ता ऋण (घर, गाडी, शिक्षा, स्वास्थ्य)  
  • वित्तीय परामर्श सेवा  
  • द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया । इच्छुक ग्राहकले बैंकको गण्डकी प्रदेश कार्यालय वा नजिकैको शाखा कार्यालयमा सम्पर्क गरी थप जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  ६ : ४७ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका