जनमत र नाउपा एकता : रेशम संरक्षक, सीकेलाई कार्यकारी अध्यक्ष « Khabarhub

जनमत र नाउपा एकता : रेशम संरक्षक, सीकेलाई कार्यकारी अध्यक्ष


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनमत पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकतापछि हुने पद बाँडफाँडमा सहमति जुटेको छ ।

आइतबार बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले एकताको टुङ्गो लगाएको हो। बैठकमा एकतापछि नेताहरुको पद, पार्टीको नाम, चुनाव चिन्हमा सहमति जुटेको हो ।

एकतापछि पार्टीको संरक्षक रेशम चौधरी, कार्यकारी अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठलाई तेस्रो वरीयता दिने गरि सहमति जुटेको नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गा नारायण चौधरीले जानकारी दिए ।

यस्तै चुनाव चिन्ह भने जनमत पार्टीको ढोकिया राख्ने सहमति भएको छ। पार्टीको नाम नागरिक जनमत पार्टी राख्ने सहमति भएको चौधरीले जनाकारी दिए ।

बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जित श्रेष्ठ भने उपस्थित नभएको बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ७ : ४७ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको