नेपाल सुपर लिग : चितवन र झापाबीचको खेल बराबरी « Khabarhub

नेपाल सुपर लिग : चितवन र झापाबीचको खेल बराबरी


२३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो हाफको अतिरिक्त समयमा सम्हालिन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा झापा एफसीसँग बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा चितवनले झापासँग १–१ गोलको बराबरी खेलेको हो । यो नतिजासँगै शीर्ष स्थानको चितवनले तीन खेलबाट सात अङ्क पु¥याएको छ । चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० र अर्को खेलमा बुटवल लुम्बिनीलाई १–० गोलअन्तरले हराएको थियो ।

चितवनका लागि आजको खेलमा टेरिक जेब्रनले गोल गरे । उनले खेलको २८औँ मिनेटमा गोल गर्दै चितवनलाई सुरुआती अग्रता दिलाए । यता झापाका लागि अलहाजी गिरोले खेलको दोस्रो हाफको अतिरिक्त समयमा बराबरी गोल फर्काए ।

झापाको समान खेलबाट तीन अङ्क भएको छ । झापाले यसअघि बुटवल लुम्बिनी एफसी र काठमाडौँ रेजर्ससँग बराबरी खेलेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  ९ : ४७ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का