वरिष्ठ पत्रकार दाहाल सम्मानित | Khabarhub Khabarhub

वरिष्ठ पत्रकार दाहाल सम्मानित


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ पत्रकार एवं सूचनाको हकका अभियन्ता तारानाथ दाहाल सम्मानित भएका छन् । सूचनाको हकको कार्यान्वयन, प्रवर्द्धन र पैरवी गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै वरिष्ठ पत्रकार दाहाल ‘विनय कसजु उत्कृष्ट सूचना अभियन्ता पुरस्कार’बाट सम्मानित भएका हुन् ।

राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच पत्रकार दाहाललाई ५५ हजार रुपैयाँ राशिको सर्वोत्कृष्ट सूचना अभियन्ता पुरस्कारसहित कदरपत्रबाट सम्मानित गरेका हुन् । आयोगले सूचनाको हकका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत ११ वर्षअघि उनलाई ‘वरिष्ठ अभियन्ता’ बाट सम्मान गरेको थियो ।

कार्यक्रममा अभियन्ता दाहालले मुलुकमा सूचनाको हकको कार्यान्वयनको अवस्था अझै पनि सन्तोषजनक नरहेको बताए । विकास र सुशासनका पक्षमा सूचनाको हकको महत्त्वपूर्ण भूमिका रहने भएकाले यसको प्रभावकारी कार्यान्वयनसहित सदुपयोग हुनुपर्ने उनको भनाइ छ ।

दाहालले लोकतन्त्रको प्रमुख आधार सूचनाको हकको सुनिश्चितता हो भन्दै यसको प्रवर्द्धनमा सरोकार भएका सबै गम्भीर हुनुपर्नेमा जोड दिए ।

समारोहमा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजाल, टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी, गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा र हरिराम कोन्डा ‘उत्कृष्ट सूचना अभियन्ता’ पुरस्कारबाट सम्मानित भएका छन् । सो पुरस्कारको राशि जनही ३० हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ ।

यसैगरी जनही ३० हजार राशिको ‘उत्कृष्ट सूचना अधिकारी’ पुरस्कारबाट देवीप्रसाद थपलिया, केशव सिलवाल, पदमकुमार श्रेष्ठ, हेमन्तकुमार बुढाथोकी र बुद्धिराम न्यौपाने पुरस्कृत भए ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : ५४ बजे

किन बाहिरिँदैछिन् दिपिका फिल्मबाट ?

काठमाडौं – बलीवुड अभिनेत्री दीपिका पादुकोण ‘कल्कि २८९८ एडी’ को

गाजाको पीडामा अन्तर्राष्ट्रिय ऐक्यबद्धता : प्यालेस्टाइनलाई मान्यता दिने तयारी

एजेन्सी–  संयुक्त राष्ट्रसङ्घको वार्षिक महासभा सुरु हुनुअघि फ्रान्स, बेलायत, क्यानडा,

नेतान्याहुको चेतावनी – कुनै हालतमा प्यालेस्टिनी राज्य हुनेछैन

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायत, क्यानाडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई

झापामा चार वर्षीया बालिकाको डुबेर मृत्यु

सुरुङ्गा– झापामा चार वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ

दशैँ भिडन्त : थामिएला प्रकाशको ओरालो यात्रा ? समीरलाई ‘एक्सन स्टार’ ट्याग जोगाउने दबाब

काठमाडौँ– फिल्म रिलिजका लागि सबैभन्दा प्राइम डेट मानिने फूलपाती (असोज