इजरायलबाट एकै दिन यमन, लेबनान र सिरिया र गाजामा आक्रमण « Khabarhub

इजरायलबाट एकै दिन यमन, लेबनान र सिरिया र गाजामा आक्रमण


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायलले एकै दिन यमन, लेबनान, सिरिया र गाजामा हवाई आक्रमण गरेको छ। गाजामा गरेको आक्रमणबाट ५४ जनाको ज्यान गएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार त्यहाँको अस्पतालको अवस्था एकदमै खराब छ। ४८ घण्टामा नै सो अस्पताल ध्वस्त हुन सक्ने छ। अहिले उपचार गराइरहेका हजारौँ जनाको जीवन समेत खतरामा परेको छ।

गाजामा युद्ध जारी भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरबको भ्रमण गर्दै छन्। सोही समयमा व्यापारिक साझेदारी र सम्झौता हुने अनुमान गरिएको छ। हाउथीले इजरायलको राजधानीमा लक्षित गर्दै मिसाइल प्रहार गरेपछि इजरायलले यमनमा आक्रमण गरेको हो। इजरायलले लेबनानको बेका उपत्यकामा आक्रमण गर्दै सिरिया अधीनस्थ गोलान हाइटको बङ्कर नास गरेको जनाएको छ।

त्यहाँको रेडक्रस सोसाइटीले गाजाले अझ ठुलो सङ्कटको सामना गर्नुपर्ने अवस्था आएको जनाएको छ। रेडक्रसले पछिल्लो १९ महिनामा अहिलेको संकट सबै भन्दा भयावह भनेको छ। मानिसको विस्थापन, भोकमरी, रोग र कुपोषण अहिले त्यहाँ सामान्य बनेको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ८ : ०० बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण