सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ घाईते | Khabarhub Khabarhub

सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ घाईते


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

विराटनगर– धनकुटा र उदयपुरको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । 

वैशाख २२ गते  बिहान सवा १० बजे धनकुटाको धनकुटा नगरपालिका-६ स्थित कोशी लोकमार्गमा  धरानबाट भोजपुर तर्फ जाँदै गरेको को. १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक सहित १४ जना यात्रीहरू घाईते भएका थिए । 

घटना स्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटी घाइतेहरूलाई उद्धार गरी उपचारको लागी बिभिन्न अस्पताल पठाएकोमा उपचारको क्रममा बसका चालक सुनसरी धरान उप-महानगरपालिका-१३ का ५१ वर्षीय रुद्र तामाङ र यात्री भोजपुर षडानन्द नगरपालिका-१३ का ५८ वर्षीय लिला बहादुर श्रेष्ठको उपचारको क्रममा धरान घोपामा र धनकुटा नगरपालिका-६ की ७३ वर्षीया कृष्ण कुमारी राई भुजेलको जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको थियो । बसमा सवार रहेका अन्य ११ जना यात्रीहरूको धरान घोपामा उपचार भइरहेको छ । 

सोही दिन अपरान्ह पौने ४ बजे खोटाङबाट इटहरी तर्फ जन्ती बोकेर आँउदै गरेको को.१ख ४७२१ नम्बरको बस उदयपुरको चौदण्डीगढी नगरपालिका-४ बर्षेडाडा स्थित मदन भण्डारी लोकमार्गमा रोकेको अवस्थामा बसमा रहेका जन्ती हलेसी तुवाचुङ नगरपालिका-४ की ४० वर्षीया गीता परियार र सुनसरी इटहरी-२० का २३ वर्षीय युजन राई ओर्लिएर सडक पार गर्ने क्रममा ना.३त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिँदा घाईते भएकी परियारको  नगर अस्पताल बेल्टारमा उपचारको क्रममा मृत्यु भएको हो भने राईको विराटनगर न्युरो अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनामा संलग्न ट्याक्टर चालक उदयपुर चौदण्डिगढी-४ का ३० वर्षीय विजय बि.क. र बस चालक उदयपुर ताप्ली गाउँपालिका-४ का ३६ वर्षीय पुरुषोत्तम पोखरेललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ  ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १ : ४६ बजे

राजावादी आन्दोलनमा ज्यान गुमाएका सविनलाई शहीद घोषणा गर्न सकिँदैन : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दलैपिच्छेको संगठन बनाउने

पार्टीभन्दा राष्ट्र राम्रो बनाउन आवश्यक : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभन्दा पनि

पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

काठमाडौं– मानवअधिकार तथा नागरिक समाजमा आवद्ध सङ्घसंस्थाले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा

गण्डकी प्रदेशका दश विद्यालयमा टेलिकमको निःशुल्क इन्टरनेट 

पोखरा– नेपाल टेलिकम दूरसञ्चार कम्पनी लिमिटेड कार्यालय पोखराले विद्यालय शिक्षालाई

मोटरसाइकलमा भन्सार छलेको कपडासहित एक जना पक्राउ

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको