मनाइयो राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस « Khabarhub

मनाइयो राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइएको छ । 

त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ ।

भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति हुनुभएको वर्णन विभिन्न ग्रन्थमा गरिएको छ ।

यसै अवसरमा काठमाडौंको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको सीताको मूर्तिमा विशेष पूजा आराधनासहित भक्तिसङ्गीत र प्रवचन कार्यक्रम आयोजना गरिएको छ ।

सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग सीताको विवाह भएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  २ : ११ बजे

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा

अमेरिकामा जी-२० व्यापारमन्त्रीको बैठक

मिलवाउकी- अमेरिकी भन्सार नीतिका कारण विश्व व्यापारमा तनाव बढिरहेका बेला जी–२०

प्रधानमन्त्री बालेनको राष्ट्रसंघ सम्बोधनले नेपालको कूटनीतिक छवि उच्च भयो : शिशिर खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको मञ्चका कारण आगामी दिनमा