सरुवा भइसकेपछि एसपी तिवारीले गरे २१ अधिकृत हेरफेर, आर्थिक चलखेलको आशंका ! « Khabarhub

सरुवा भइसकेपछि एसपी तिवारीले गरे २१ अधिकृत हेरफेर, आर्थिक चलखेलको आशंका !


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय, धनुषाका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीको वैशाख १५ गते सरुवा भयो ।

तिवारीलाई प्रहरी प्रधान कार्यालयले धनुषाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय समाखुसी, काठमाडौं मानवश्रोत व्यवस्थापन शाखामा सरुवा गर्‍यो ।

धनुषााबाट सरुवा भइसकेपछि तिवारीले गरेको निर्णय विवादास्पद बनेको छ । आफ्नो सरुवा भइसकेपछि उनले जिल्लाका प्रहरी चौकीहरूमा कार्यरत २१ जना जुनियर अधिकृतको आन्तरिक सरुवा गरे । प्रहरी सहायक निरीक्षक र नायव निरीक्षक सरुवाको यस निर्णयले उनी संगठनभित्र विवादमा तानिएका छन् । 

गृह मन्त्रालयले वैशाख १५ गते नै एसपी तिवारीको सरुवा गरिसकेको थियो।  तर उनले वैशाख १९ गते ‘प्रशासन शाखाबाट आवश्यकताअनुसार अदली–बदली’ भन्दै विभिन्न चौकीहरूमा प्रहरी अधिकृतको सरुवा गरे । उक्त निर्णयमा तिवारीको हस्ताक्षर देखिन्छ, जसले उनको अधिकार क्षेत्रको वैधता र उद्देश्यमाथि नै प्रश्न खडा गरेको छ । 

सीमावर्ती चौकीमा आफ्ना मान्छे, आर्थिक चलखेलको आशंका  !

जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार धनुषाका सीमावर्ती क्षेत्रमा कार्यरत अनुभवी चौकी प्रमुखहरूलाई हटाएर आफूनिकट भनिएका अधिकृतहरूलाई तिवारीले सरुवा गरेको भेटिएको छ । 

नाम नखुलाउने शर्तमा एक प्रहरी अधिकृत भन्छन्, ‘हामीसँग न पहुँच छ, न पैसा । त्यसैले चौकीप्रमुख बन्ने अवसर आफ्ना मान्छे र सिफारिसवालालाई मात्र मिल्ने रहेछ ।’ 

तिवारीमाथि सरुवाअगावै आफ्ना विश्वासपात्रलाई मात्रै चौकीमा राख्ने नियत देखाएको आरोप लागेको थियो । तर सरुवा भइसकेको चार दिनपछि उनले गरेको आन्तरिक सरुवाले संगठनभित्र असन्तोष र अविश्वास उत्पन्न गरेको प्रहरी स्रोतहरू बताउँछन् ।

 नेपाल प्रहरीले दुई वर्षअघि सार्वजनिक गरेको सरुवा मापदण्डमा सिफारिस, दबाब र पहुँच अन्त्य गरिने उल्लेख गरिएको थियो । तर, हालका घटनाले ती मापदण्ड व्यवहारमा कार्यान्वयन हुन नसकेको देखिएको छ ।

धनुषा प्रहरीका एक अधिकृतले यस्ता निर्णयले संगठनभित्रका कर्मचारीको मनोबल घटाउने, असन्तोष बढाउने र सरुवालाई चलखेलको औजार बनाउने खतरा बढेको बताए । 

यस विषयमा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीले अर्को ठाउँमा सरुवा भइसकेपछि प्रायः यस्तो निर्णय नहुने बताए ।

‘सरुवा भइसकेपछि प्रायः यस्तो निर्णय गरिँदैन । नयाँ आउनेलाई छाडिदिएर सरुवा भइसकेपछि यस्तो गरिँदैन । तर यसलाई नमिल्ने कुरा भनेर भन्न मिल्दैन ।’

तिवारी धनुषामा कार्यरत रहँदाको एक वर्षमा गम्भीर मुद्दाबाट पन्छिने र सस्तो लोकप्रियतामा रमाउने गरेको आरोप लागेको थियो।

उनले गम्भीर प्रकृतिका मुद्दा थन्काएर समान्य मद्दामा समय व्यतीत गरेर गए । उनी आएदेखि श्रृङ्खलाबद्ध रुपमा अपराध र तस्करी बढेको थियो । तर, त्यस्ता मुद्दामा धनुषा प्रहरीको अनुसन्धान असफल देखिएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ५ : ५५ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई