सरुवा भइसकेपछि एसपी तिवारीले गरे २१ अधिकृत हेरफेर, आर्थिक चलखेलको आशंका ! « Khabarhub

सरुवा भइसकेपछि एसपी तिवारीले गरे २१ अधिकृत हेरफेर, आर्थिक चलखेलको आशंका !


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय, धनुषाका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीको वैशाख १५ गते सरुवा भयो ।

तिवारीलाई प्रहरी प्रधान कार्यालयले धनुषाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय समाखुसी, काठमाडौं मानवश्रोत व्यवस्थापन शाखामा सरुवा गर्‍यो ।

धनुषााबाट सरुवा भइसकेपछि तिवारीले गरेको निर्णय विवादास्पद बनेको छ । आफ्नो सरुवा भइसकेपछि उनले जिल्लाका प्रहरी चौकीहरूमा कार्यरत २१ जना जुनियर अधिकृतको आन्तरिक सरुवा गरे । प्रहरी सहायक निरीक्षक र नायव निरीक्षक सरुवाको यस निर्णयले उनी संगठनभित्र विवादमा तानिएका छन् । 

गृह मन्त्रालयले वैशाख १५ गते नै एसपी तिवारीको सरुवा गरिसकेको थियो।  तर उनले वैशाख १९ गते ‘प्रशासन शाखाबाट आवश्यकताअनुसार अदली–बदली’ भन्दै विभिन्न चौकीहरूमा प्रहरी अधिकृतको सरुवा गरे । उक्त निर्णयमा तिवारीको हस्ताक्षर देखिन्छ, जसले उनको अधिकार क्षेत्रको वैधता र उद्देश्यमाथि नै प्रश्न खडा गरेको छ । 

सीमावर्ती चौकीमा आफ्ना मान्छे, आर्थिक चलखेलको आशंका  !

जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार धनुषाका सीमावर्ती क्षेत्रमा कार्यरत अनुभवी चौकी प्रमुखहरूलाई हटाएर आफूनिकट भनिएका अधिकृतहरूलाई तिवारीले सरुवा गरेको भेटिएको छ । 

नाम नखुलाउने शर्तमा एक प्रहरी अधिकृत भन्छन्, ‘हामीसँग न पहुँच छ, न पैसा । त्यसैले चौकीप्रमुख बन्ने अवसर आफ्ना मान्छे र सिफारिसवालालाई मात्र मिल्ने रहेछ ।’ 

तिवारीमाथि सरुवाअगावै आफ्ना विश्वासपात्रलाई मात्रै चौकीमा राख्ने नियत देखाएको आरोप लागेको थियो । तर सरुवा भइसकेको चार दिनपछि उनले गरेको आन्तरिक सरुवाले संगठनभित्र असन्तोष र अविश्वास उत्पन्न गरेको प्रहरी स्रोतहरू बताउँछन् ।

 नेपाल प्रहरीले दुई वर्षअघि सार्वजनिक गरेको सरुवा मापदण्डमा सिफारिस, दबाब र पहुँच अन्त्य गरिने उल्लेख गरिएको थियो । तर, हालका घटनाले ती मापदण्ड व्यवहारमा कार्यान्वयन हुन नसकेको देखिएको छ ।

धनुषा प्रहरीका एक अधिकृतले यस्ता निर्णयले संगठनभित्रका कर्मचारीको मनोबल घटाउने, असन्तोष बढाउने र सरुवालाई चलखेलको औजार बनाउने खतरा बढेको बताए । 

यस विषयमा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीले अर्को ठाउँमा सरुवा भइसकेपछि प्रायः यस्तो निर्णय नहुने बताए ।

‘सरुवा भइसकेपछि प्रायः यस्तो निर्णय गरिँदैन । नयाँ आउनेलाई छाडिदिएर सरुवा भइसकेपछि यस्तो गरिँदैन । तर यसलाई नमिल्ने कुरा भनेर भन्न मिल्दैन ।’

तिवारी धनुषामा कार्यरत रहँदाको एक वर्षमा गम्भीर मुद्दाबाट पन्छिने र सस्तो लोकप्रियतामा रमाउने गरेको आरोप लागेको थियो।

उनले गम्भीर प्रकृतिका मुद्दा थन्काएर समान्य मद्दामा समय व्यतीत गरेर गए । उनी आएदेखि श्रृङ्खलाबद्ध रुपमा अपराध र तस्करी बढेको थियो । तर, त्यस्ता मुद्दामा धनुषा प्रहरीको अनुसन्धान असफल देखिएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ५ : ५५ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको