आन्दोलनरत चिकित्सकले भने-सहमतिपछि पनि काम गर्ने वातावरण बनेन « Khabarhub

आन्दोलनरत चिकित्सकले भने-सहमतिपछि पनि काम गर्ने वातावरण बनेन


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहमतिपछि पनि काम गर्ने वातावरण नबनेको भन्दै आन्दोलनरत चिकित्सकले पुनः आन्दोलन थालेका छन् ।

कतिपय मेडिकल कलेजहरूले प्रवेश नदिएको, राजीनामा दिन दबाब दिएको, डर–त्रास देखाएर धम्की दिएको भन्दै चिकित्सकले पुनः आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।

चिकित्सकका माग सम्बोधन हुनेगरी गत वैशाख २० गते शनिबार स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल एशोसिएनबीच ४ बुँदे सहमति भएको थियो । सरकारले आवासीय चिकित्सकलाई सरकारीसरह भत्ता दिएर काममा फर्काउनू भनेको थियो ।सहमतिपछि चिकित्सकहरू आन्दोलन रोकेर काममा फर्किएका थिए ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक डा. सञ्जय बरालले खबरहबसँग कुरा गर्दै भने, ‘कतिपय मेडिकल कलेजले प्रवेश नदिने, राजीनामा माग्ने, अनेक डरत्रास देखाएर धम्काउने गरेको चिकित्सकले गुनासो गरेका छन् । सरकारीसरह निर्वाह भत्ता नदिएको पाइएकाले हामीले आन्दोलन जारी राखेका हौँ ।’

डा. बरालका अनुसार काठमाडौं मेडिकल कलेज (केएमसी), विराट मेडिकल कलेज र चितवन मेडिकल कलेज (सिएमसी) लगायत केही मेडिकल कलेजले चिकित्सकलाई काममा फर्किने वतावरण बनाएन । सम्पूर्ण निजी मेडिकल कलेजले माग पूरा नगरेसम्म आन्दोलन जारी रहने डा. बरालले बताए ।

‘सरकारीसरह ४८ हजार ७ सय ३७ रुपैयाँ निर्वाह भत्ता दिन बारम्बार सरकारले आग्रह गरिरहँदा पनि निजी मेडिकल कलेजले यसअघि दिँदै आएको १७–१८ हजार रुपैयाँमात्रै दिरहेका छन् । हामी बाध्यताले सडकमा आएका हौँ । माग पूरा हुनैपर्छ ।’ डा. बरालले भने ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ४ : ४८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन