अर्थसंक्षेप : नीति तथा कार्यक्रमको चर्को आलोचना, सामान्य बढ्यो नेप्से र इराक-लेबनान आर्थिक-कूटनीतिक सहकार्यमा जोड « Khabarhub

अर्थसंक्षेप : नीति तथा कार्यक्रमको चर्को आलोचना, सामान्य बढ्यो नेप्से र इराक-लेबनान आर्थिक-कूटनीतिक सहकार्यमा जोड


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्य अंकले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज एक दशमलव ०३ अंकले बढेर दुई हजार ६११ दशमलव ४३ को बिन्दुमा कायम भएको हो ।

आज ३१८ कम्पनीको दुई करोड पाँच लाख ४२ हजार ७६४ कित्ता शेयर ८० हजार ५४ पटक खरिदबिक्री हुँदा आठ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८४६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा जलविद्युत् एक दशमलव ४०, जीवन बीमा शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन शून्य दशमलव २९, निर्जीवन बीमा समूह शून्य दशमलव ५७ र व्यापार समूह दुई दशमलव ०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ

बद्रीनारायण धामलाई सहयोग गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

नीति तथा कार्यक्रम कर्मकाण्डमै सीमित : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डमै सीमित रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले गत शुक्रबार ल्याएको आगामी आर्थिक वर्ष २०८२-०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दलीय आधारमा उनले आफ्नो धारणा राखेका हुन् ।

सरकारको नीति,कार्यक्रम परम्परागत : देवेन्द्र पौडेल

‘नीति तथा कार्यक्रमले विकासको संस्कृति बदल्ने संकल्प लिएको छ’

नीति, कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न सक्दैन : सांसद अर्याल

इराक–लेबनानबीच आर्थिक तथा कूटनीतिक सहकार्यमा जोड

इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीज्यूले सोमबार लेबनानले सामना गरिरहेको वर्तमान संकटका सन्दर्भमा इराकको दृढ समर्थन पुनः पुष्टि गरेका छन्। प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा यो जानकारी दिइएको हो ।

उनले उक्त कुरा लेबननका वित्तमन्त्री यासिन जाबेर र ऊर्जा तथा जलमन्त्री जो सादीसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा व्यक्त गरेका हुन् । सो अवसरमा दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत विचारविमर्श भएको बताइएको छ ।

करको दायरा बढाउन माग

बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी

ट्रम्पको भन्सार नीति अमेरिकामा अभावको कारण बन्नसक्ने पूर्व उपराष्ट्रपति पेन्सको चेतावनी

अमेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्सले सोमबार ट्रम्प प्रशासनको भन्सार नीतिको आलोचना गर्दै सम्भावित अभावले अमेरिकीहरूलाई ह्वाइट हाउसबाट ‘फरक दृष्टिकोणको माग’ गर्न बाध्य पार्नसक्ने बताएका छन् ।

सीएनएनलाई दिएको प्राइमटाइम अन्तर्वार्तामा पेन्सले विभिन्न विषयहरूमा छलफल गरेका थिए । उक्त अन्तरवार्तामा पेन्सले सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवनमा आक्रमण गरेको आरोपमा अभियोजन गरिएका लगभग सबै दङ्गाकारीलाई माफी दिएकोमा डोनाल्ड ट्रम्पको आलोचना गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : ४४ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन,

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा