इराक–लेबनानबीच आर्थिक तथा कूटनीतिक सहकार्यमा जोड « Khabarhub

इराक–लेबनानबीच आर्थिक तथा कूटनीतिक सहकार्यमा जोड


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बगदाद– इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीज्यूले सोमबार लेबनानले सामना गरिरहेको वर्तमान संकटका सन्दर्भमा इराकको दृढ समर्थन पुनः पुष्टि गरेका छन्। प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा यो जानकारी दिइएको हो ।

उनले उक्त कुरा लेबननका  वित्तमन्त्री  यासिन जाबेर र ऊर्जा तथा जलमन्त्री जो सादीसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा व्यक्त गरेका हुन् । सो अवसरमा दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत विचारविमर्श भएको बताइएको छ ।

प्रधानमन्त्रीज्यूले ‘इराकले लेबननको सुरक्षा, सार्वभौमिकता तथा हाल भइरहेको इजरायली आक्रमणको प्रतिकारमा निरन्तर ऐक्यबद्धता र समर्थन प्रदान गर्ने प्रतिबद्धता जनाउँछ’ भन्ने धारणा राखेका थिए ।

लेबननबाट आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले पनि आफ्नो सरकार इराकसँगको सहकार्य अझ सुदृढ गर्न इच्छुक रहेको स्पष्ट पार्दै, विशेष गरी दूरसञ्चार तथा संयुक्त लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।
 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : ०८ बजे

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम – मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

ककरोच पार्टीको आन्दोलनमा बलिउड : सलमानदेखि प्रीति जिन्टासम्म कसले के भने ?

भारतमा पछिल्ला केही सातादेखि चर्चाको केन्द्रमा रहेको ककरोच जनता पार्टीको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बाइकमा उभिएर भिडियो बनाउँदै गरेका सांसद गुप्ताको तस्बिर भाइरल

काठमाडौं– पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि

आत्मदाहको बढ्दो शृङ्खला : गहिरो संकट र राज्यप्रतिको मौन विद्रोह, रोक्न के गर्ने ?

काठमाडौँ – गत असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय