अध्यादेशको विरोध भूमिहीनलाई जमिन नदिने षड्यन्त्र हो : पोखरेल « Khabarhub

अध्यादेशको विरोध भूमिहीनलाई जमिन नदिने षड्यन्त्र हो : पोखरेल


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेशविरूद्व माओवादीसहितका दलहरू खडा भएका कारण समस्या हल हुन नसकेको दाबी गरेका छन् ।

मंगलबारदेखि टीकापुरमा सुरू भएको भूमि अधिकार तथा श्रमिक संगठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा भूमिहीनको पक्षमा चर्का कुरा गर्ने, तर समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेशको विरोधमा उत्रिएको बताए ।

‘माओवादी अध्यक्ष संसदमा भूमिहीन सुकुम्बासीको पक्षमा चर्का कुरा गर्नुहुन्छ तर भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याउँदा विरोध गरे’, उनले भने, ‘माओवादी, एकीकृत समाजवादी पार्टी र मधेशवादी दलहरू त्यसविरुद्ध खडा भएका कारण समस्या समाधान हुन सकेन ।’

उनले अध्यादेश जारी भएको भए भूमिहीन समस्याको समाधान प्रक्रियामा गइसक्ने दाबी गरेका छन् । तर अब भने प्रक्रिया नराकिने बताए । ‘अब यो प्रक्रिया कसैले रोकेर पनि रोकिने छैन,’ उनले भने, ‘छिट्टै भूमिहीनहरूले जग्गामा आफ्नो अधिकार प्राप्त गर्नेछन् ।’

पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गठन भएको भूमि आयोगलाई अदालतमा मुद्दा हालेर काम गर्न नदिएको पनि बताए। उनले अब एमालेकै सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने दाबी गरे ।

कार्यक्रममा एमाले सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले भूमिहीन र सुकुम्बासीको समस्या वर्तमान सरकारले समाधान गर्नेगरी काम अघि बढाइरहेको दाबी गरे ।

वि.सं. २०५१ सालदेखिका एमाले नेतृत्वमा बनेका सरकारले नै समस्याको समाधान गरेको र बाँकी कामको समाधान पनि एमालेले नै गर्ने दाबी गरे । अब धेरै समय भूमिकै समस्या सुन्न नपर्ने र नेपालमा कोही पनि भूमिहीन नहुने उनको भनाइ थियो ।

उद्घाटन समारोहमा नेकपा (एमाले) का सचिव लेखराज भट्ट, स्थायी कमिटि सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य तथा कैलाली जिल्ला इञ्चार्ज नारदमुनी राना, कञ्चनपुर इञ्चार्ज निरु पाल, केन्द्रीय सदस्य झपटबहादुर रावल, विष्णु रिजाल लगायत नेता कार्यकताहरूको सहभागिता थियो ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ९ : ३६ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा