अध्यादेशको विरोध भूमिहीनलाई जमिन नदिने षड्यन्त्र हो : पोखरेल « Khabarhub

अध्यादेशको विरोध भूमिहीनलाई जमिन नदिने षड्यन्त्र हो : पोखरेल


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेशविरूद्व माओवादीसहितका दलहरू खडा भएका कारण समस्या हल हुन नसकेको दाबी गरेका छन् ।

मंगलबारदेखि टीकापुरमा सुरू भएको भूमि अधिकार तथा श्रमिक संगठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा भूमिहीनको पक्षमा चर्का कुरा गर्ने, तर समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेशको विरोधमा उत्रिएको बताए ।

‘माओवादी अध्यक्ष संसदमा भूमिहीन सुकुम्बासीको पक्षमा चर्का कुरा गर्नुहुन्छ तर भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याउँदा विरोध गरे’, उनले भने, ‘माओवादी, एकीकृत समाजवादी पार्टी र मधेशवादी दलहरू त्यसविरुद्ध खडा भएका कारण समस्या समाधान हुन सकेन ।’

उनले अध्यादेश जारी भएको भए भूमिहीन समस्याको समाधान प्रक्रियामा गइसक्ने दाबी गरेका छन् । तर अब भने प्रक्रिया नराकिने बताए । ‘अब यो प्रक्रिया कसैले रोकेर पनि रोकिने छैन,’ उनले भने, ‘छिट्टै भूमिहीनहरूले जग्गामा आफ्नो अधिकार प्राप्त गर्नेछन् ।’

पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गठन भएको भूमि आयोगलाई अदालतमा मुद्दा हालेर काम गर्न नदिएको पनि बताए। उनले अब एमालेकै सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने दाबी गरे ।

कार्यक्रममा एमाले सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले भूमिहीन र सुकुम्बासीको समस्या वर्तमान सरकारले समाधान गर्नेगरी काम अघि बढाइरहेको दाबी गरे ।

वि.सं. २०५१ सालदेखिका एमाले नेतृत्वमा बनेका सरकारले नै समस्याको समाधान गरेको र बाँकी कामको समाधान पनि एमालेले नै गर्ने दाबी गरे । अब धेरै समय भूमिकै समस्या सुन्न नपर्ने र नेपालमा कोही पनि भूमिहीन नहुने उनको भनाइ थियो ।

उद्घाटन समारोहमा नेकपा (एमाले) का सचिव लेखराज भट्ट, स्थायी कमिटि सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य तथा कैलाली जिल्ला इञ्चार्ज नारदमुनी राना, कञ्चनपुर इञ्चार्ज निरु पाल, केन्द्रीय सदस्य झपटबहादुर रावल, विष्णु रिजाल लगायत नेता कार्यकताहरूको सहभागिता थियो ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ९ : ३६ बजे

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब