अल्भारेजको गोलमा चिलीविरूद्ध अर्जेन्टिना विजयी | Khabarhub Khabarhub

अल्भारेजको गोलमा चिलीविरूद्ध अर्जेन्टिना विजयी


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एट्लेटिको म्याड्रिडका स्ट्राइकर जुलियन आल्भारेज लयमा रहँदा अर्जेन्टिनाले चिलीलाई १–० अन्तरले हराएको हो। अल्भारेजले थियागो अल्मादाबाट पास पाएपछि सटिक सटमार्फत उत्कृष्ट गोल गर्दै जित दिलाएका हुन् ।

लियोनल मेस्सी दोस्रो हाफमा मैदान प्रवेश गरे पनि खासै प्रभाव देखाउन सकेनन्। गोलकिपर एमिलियानो मार्टिनेजले दोस्रो हाफमा दुई निर्णायक बचाउ गरेका थिए ।

चिलीलाई हराएकोसहित १५ खेलपश्चात ३४ अंकसहित अर्जेन्टिना विश्वकपका लागि दक्षिण अमेरिकी समूहबाट शीर्ष स्थानमा छ । ऊ दोस्रो स्थानको इक्वेडरभन्दा १० अंकले अगाडि छ ।

चिली भने १० अंकसहित तालिकाको अन्तिम १० औं स्थानमा छ । चिली सातौं स्थानको भेनेजुएलाबाट ५ अंकले पछि परेको छ । जसले उनीहरूको विश्वकप छनोट सम्भावनालाई कठिन बनाएको छ।

उता पाराग्वेले उरुग्वेविरुद्ध १३ औं मिनेटमा माटियास गालार्जाको हेडर र अन्तिम क्षणमा हुलियो एन्सिसोको पेनाल्टीमार्फत २–० को जित निकालेको छ ।

यो नतिजाले उनीहरूलाई २०१० यता पहिलोपटक विश्वकपनजिक पुर्‍याएको छ। अब उनीहरूले ब्राजिलविरुद्ध साओ पाउलोमा जित निकाल्न सके विश्वकपमा सिधै छनोट हुनेछन्।

दश टोली सम्मिलित दक्षिण अमेरिकी छनोटमा शीर्ष ६ टोली सिधै विश्वकपमा पुग्नेछन् । सातौं टोलीले अन्तर-महादेशीय प्लेअफ खेल्नुपर्नेछ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  १२ : ३१ बजे

देशभरका विमानस्थलमा नेपाल टेलिकमको फ्री वाईफाई सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा

बजारमा सुन किन्नेभन्दा बेच्ने बढी भए

नेपालको सुन बजार पछिल्ला दिनहरूमा निकै अस्थिर बन्दै गएको छ

काटेर सुकाएकै ठाउँमा भिज्यो धान

दोलखा– यति बेला जिल्लाका अधिकांश बेँसी खेतमा पहेँलै धान पाकेर

अन्नपूर्ण आधार शिविरबाट एक सय ६२ पर्यटकको उद्दार (फोटो फिचर)

काठमाडौं – सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण आधार शिविरबाट

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल