‘नो प्लाष्टिक जोन’ कार्यान्वयन गर्ने कांग्रेसको घोषणा « Khabarhub

‘नो प्लाष्टिक जोन’ कार्यान्वयन गर्ने कांग्रेसको घोषणा


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका सबै तहका कार्यालयहरूलाई प्लाष्टिकरहित क्षेत्र (नो प्लाष्टिक जोन) बनाउने भएको छ ।

कांगे्रसले केन्द्रदेखि वडा तहसम्मका पार्टी कार्यालयहरू र भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयहरूलाई ‘नो प्लाष्टिक जोन’ बनाउने भएको हो ।

मातहतका कार्यालयहरूलाई ‘नो प्लाष्टिक जोन’ बनाउन कांग्रेसले सबै निकायलाई परिपत्र नै गरेको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले परिपत्रमार्फत् वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै लगिने पार्टीको नीतिअनुसार ‘नो प्लाष्टिक जोन’ लाई कार्यान्वयन गर्न भनेका छन् ।

यसअघि सभापति शेरबहादुर देउवाले जेठ १८ गते पार्टीको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आयोजना गरेको कार्यक्रममा कांग्रेसका सबै कार्यसमितिका कार्यालयदेखि भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयहरूलाई ‘नो प्लाष्टिक जोन’ बनाउने पार्टीको नीति रहेको बताएका थिए ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  १ : ३३ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट