यस्तो देखियो तरुण दलको मोटरसाइकल र्‍याली (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो तरुण दलको मोटरसाइकल र्‍याली (तस्बिरहरू)


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै तरुण दल आबद्ध युवाहरूले मोटरसाइकल र्‍याली सहित काठमाडौंमा प्रदर्शन गरेका छन् ।  

अब तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर गर्दै तदर्थ समितिको म्याद नथप्न नेतृत्वलाई ध्यानाकर्षण गराउने उद्देश्यका साथ उनीहरूले विभिन्न स्थान हुँदै कांग्रेस पार्टी कार्यालयसम्म मोटरसाइकल र्‍याली निकालेका हुन् । 

२०७३ सालमा पोखरामा भएको महाधिवेशनबाट अहिलेसम्म आउँदा नौ वर्ष बितिसकेको भन्दै कुनै दल वा भ्रातृ संगठन तदर्थवादको नाममा यति लामो समयसम्म रहनुले सिंङ्गो संगठन कमजोर बनिरहेको तरुण दलका केन्द्रीय सदस्य रोजन राइले बताए । 

उनले पछिल्लो तदर्थ समिति गठन भएको पनि ३ वर्ष हुँदा पनि महाधिवेशन गर्नेतर्फ उन्मुख नभएकाले अव म्याद थप गर्न नहुने धारणा राखे ।  

उनीहरूले कांग्रेसले अन्तिम पटक भन्दै समय थप्दा २०८१ चैत मसान्तबाट स्वतः विघटन हुने भन्ने भाषाको मर्म, धर्म र नैतिकतालाई आत्मसात् गर्दै नयाँ तदर्थ समितिको माग गरेका छन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ५ : ३९ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक