लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लागूऔषधसहित देशका विभिन्न स्थानबाट प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको छ ।

लागूऔषध खैरोहिरोइनसहित कैलालीबाट ६ जना, काठमाडौं, झापा र कञ्चनपुरबाट ३/३ जनालाई नियन्त्रणमा लिइएको छ । यस्तै वर्दियाबाट १ जना पक्राउ परेका छन् ।

नियन्त्रणमा लिइएकाहरूबाट १३ ग्राम ७२४ मिलिग्राम हैरो हिरोइन बरामद भएको छ ।

यस्तै कास्कीको पोखराबाट नियन्त्रित लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूको साथबाट १८३ ट्याब्लेट नियन्त्रित लागूऔषध टापेन्टाडोल र १ थान स्कुटर बरामद गरिएको छ ।

सुनसरीको धरानबाट नियन्त्रित लागूऔषधसहित १ जना पक्राउ परेका छन् । उनको साथबाट ट्रामाडोल २ सय ७० ट्याब्लेट, कोलिवान २ सय ७० ट्याब्लेट, स्पास्पेन २९ ट्याब्लेट र नगद ३७ हजार रूपैयाँ बरामद गरिएको छ ।

यसैगरी बाराको कलैयाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ३५ ट्याब्लेटसहित ४ जनालाई बिहीबार राति नियन्त्रणमा लिइएको छ ।

चितवनबाट ४ किलो ५ सय ग्राम लागूऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरू साथबाट एउटा मोटरसाइकलसमेत बरामद भएको छ ।

नियन्त्रणमा लिएकाहरूसँग प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ६ : २७ बजे

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा