लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ « Khabarhub

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लागूऔषधसहित देशका विभिन्न स्थानबाट प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको छ ।

लागूऔषध खैरोहिरोइनसहित कैलालीबाट ६ जना, काठमाडौं, झापा र कञ्चनपुरबाट ३/३ जनालाई नियन्त्रणमा लिइएको छ । यस्तै वर्दियाबाट १ जना पक्राउ परेका छन् ।

नियन्त्रणमा लिइएकाहरूबाट १३ ग्राम ७२४ मिलिग्राम हैरो हिरोइन बरामद भएको छ ।

यस्तै कास्कीको पोखराबाट नियन्त्रित लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूको साथबाट १८३ ट्याब्लेट नियन्त्रित लागूऔषध टापेन्टाडोल र १ थान स्कुटर बरामद गरिएको छ ।

सुनसरीको धरानबाट नियन्त्रित लागूऔषधसहित १ जना पक्राउ परेका छन् । उनको साथबाट ट्रामाडोल २ सय ७० ट्याब्लेट, कोलिवान २ सय ७० ट्याब्लेट, स्पास्पेन २९ ट्याब्लेट र नगद ३७ हजार रूपैयाँ बरामद गरिएको छ ।

यसैगरी बाराको कलैयाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ३५ ट्याब्लेटसहित ४ जनालाई बिहीबार राति नियन्त्रणमा लिइएको छ ।

चितवनबाट ४ किलो ५ सय ग्राम लागूऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरू साथबाट एउटा मोटरसाइकलसमेत बरामद भएको छ ।

नियन्त्रणमा लिएकाहरूसँग प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ६ : २७ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन