काँकरभिट्टामा नक्कली नोटसहित एक जना पक्राउ | Khabarhub Khabarhub

काँकरभिट्टामा नक्कली नोटसहित एक जना पक्राउ


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भद्रपुर- मेचीनगर नगरपालिका-६ काँकडभिट्टाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका-५ घर भई हाल झापाको कन्काई नगरपालिका-८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन् । 

काँकडभिट्टामा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका भारतीलाई प्रहरीले जाँच गर्दा एक हजार दरका रु एक लाख बराबरका नक्कली नोट फेला परेका उनले जानकारी दिए ।

भारतीलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपेर प्रारम्भिक अनुसन्धान थालिएको बताउँदै अनुसन्धानका क्रममा निजले उक्त नक्कली नोट आफैँले छपाई चलनमा ल्याएको खुलेको प्रनाउ खड्काले जानकारी दिए ।

प्रहरी टोलीले भारती बस्ने कोठामा खानतलासी गर्दा थप नक्कली नोट र नोट छाप्ने सामग्री फेला पारेको उनको भनाइ छ ।

प्रहरीका अनुसार विभिन्न दरका पाँच लाख ३० हजार ६८० रुपैयाँ बराबरका नक्कली नोट, नक्कली नोट छाप्ने मेसिन एक थान, नोटमा प्रयोग हुने विभिन्न प्रकारका रङलगायत सामग्री बरामद गरिएको छ । पक्राउ परेका भारतीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ६ : ४८ बजे

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा