समयमा आयोजना सम्पन्न गर्न उद्योगमन्त्री भण्डारीको निर्देशन « Khabarhub

समयमा आयोजना सम्पन्न गर्न उद्योगमन्त्री भण्डारीको निर्देशन


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दशरथचन्द– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कार्यालय प्रमुखहरूलाई तोकिएको समयमा आयोजना सम्पन्न गर्न निर्देशन दिएका छन् । 

बैतडीको पाटनमा जिल्लाका विभिन्न कार्यालय प्रमुखसँगको छलफलमा उनले राज्यबाट विनियोजित आयोजना कार्यान्वयनमा ढिलाइ भइरहेको भन्दै यथाशीघ्र कार्यान्वयनमा जोड दिन आग्रह गरे ।

आर्थिक वर्षको अन्त्यमा मात्र काम गर्ने प्रवृत्ति दोहोर्‍याउने काम भइरहेको भन्दै मन्त्री भण्डारीले आयोजना कार्यान्वयन र सम्पन्न निर्धारित समयभित्र गर्नुपर्नेमा जोड दिए । चालु आर्थिक वर्षको ११ महिनामा जिल्लाका कार्यालयहरूको समष्टिगत खर्च ५० प्रतिशतमात्र रहेको जनाउँदै उनले कार्यान्वयन पक्ष फितलो भएको बताए ।

‘आर्थिक वर्षको पहिलो महिना साउनमा बजेट सम्बन्धित निकाय र कार्यालयमा आइपुग्छ, कार्यान्वयन गर्न आठ–नौ किन लाग्छ?, आर्थिक वर्षको सुरुआतमा बजेट कार्यान्वयन गर्न के कुराले छेक्छ ?’, मन्त्री भण्डारीले कार्यालय प्रमुखसँग प्रश्न गरे । जिल्लाका कार्यालयहरूले जनता केन्द्रित सेवा प्रवाह गर्दै सुशासन कायम गर्नुपर्नेमा उनले जोड दिए ।

विकासे कार्यालयहरूमा दायित्व सार्ने प्रवृत्तिले अपेक्षाअनुसार काम हुन नसकेको मन्त्री भण्डारीले औँल्याए । कतिपय विकासे कार्यालयमा विगतको दायित्व परिपूर्ति गर्ने कामले समस्या निम्ताएको उनले बताए । पुरानो भुक्तानी दिने विषयमा गुणस्तर र मापदण्ड अपनाएर मात्रै प्रक्रिया अघि बढाउनुपर्ने मन्त्री भण्डारीको भनाइ छ ।

यहाँका विकासे कार्यालयमा पुरानो भुक्तानी दिनुपर्नेको सूची तयार पार्न मन्त्री भण्डारीले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । मनसुनजन्य विपद्का घटना नियन्त्रणका लागि प्रभावकारी पूर्वतयारीमा जुट्न उहाँले सरोकार भएका सबैलाई आग्रह गरे ।

विगतका वर्षहरूभन्दा यस वर्ष बढी वर्षा हुने प्रक्षेपण गरिएकाले विपद्का घटना पनि बढ्न सक्ने हुँदा सम्भावित जोखिम नियन्त्रणका लागि तयारीमा लाग्न मन्त्री भण्डारीले प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई निर्देशन दिए । प्रमुख जिल्ला अधिकारी उपाध्यायले विपद् जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी भइरहेको मन्त्री भण्डारीलाई जानकारी गराएका थिए । 
 

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ७ : १८ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक