बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला « Khabarhub

बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला


२३ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कैलाली –कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित तरकारी हाटबजारमा बिक्रीका ल्याइएका बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला परेको छ ।

आज अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाईमा गरिएको परीक्षणमा पाण्डेय फलफूल तथा सब्जी पसलमा बिक्रीका लागि राखिएका ६५ किलो बन्दामा विषादी भेटिएपछि नष्ट गरिएको छ ।

एकाइ कार्यालयका प्राविधिक राजेन्द्रप्रसाद भट्टले बन्दामा ९९ दशमलव ११ अर्गानोफस्फेट र एक दशमलव ६१ कार्बामेट विषादीको अंश फेला परेको जानकारी दिए । उनका अनुसार वैज्ञानिक मापदण्डअनुसार अर्गानोफस्फेटको तीन सय ५५ भन्दा कम मात्रा खान उपयुक्त मानिन्छ भने चार सय ५५ भन्दा बढी भएमा नष्ट गर्नुपर्ने हुन्छ ।

कृषि प्राविधिकका अनुसार अर्गानोफस्फेटको ३५ प्रतिशतभन्दा कम मात्रा भए उपभोग योग्य, ३५ देखि ४५ प्रतिशत भए केही दिन पर्खेर खान मिल्ने र ४५ प्रतिशतभन्दा माथि रोकावट प्रतिशत मानिने भएकाले नष्ट गर्नुपर्ने हुन्छ ।

उक्त बन्दागोभी उपभोगका लागि अयोग्य ठहरिएपछि गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टको रोहवरमा नष्ट गरिएको हो । प्रवक्ता भट्टले उपभोक्तालाई विषादीरहित तरकारी तथा फलफूल मात्र उपभोग गर्न र प्रमाणित सामान रोज्न आग्रह गरे ।

पछिल्लो समय बजारमा असामान्य रूपमा पाकेको देखिने आँप आइपुगेको भन्दै उपभोगमा सर्तकता अपनाउन सुझाव दिइएको छ । तरकारी तथा फलफूल हाटबजार समिति अध्यक्ष दिल्लीराज जोशीले बाहिरी क्षेत्रबाट आउने तरकारी र फलफूलमा निगरानी बढाइएको बताए । उनले कृषकलाई विषादी प्रयोगबारे सचेत रहन पनि आग्रह गरे।

यसअघि सो तरकारी हाटबजारमा विषादी अवशेष द्रुत विश्लेषण एकाईले गोलभेँडामा पनि अत्यधिक मात्रामा विषादी फेला पारेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ८ : २२ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि