विपद् व्यवस्थापनमा स्थानीय तह र समुदायबीच सहकार्य जरुरी छ : मुख्यमन्त्री आचार्य | Khabarhub Khabarhub

विपद् व्यवस्थापनमा स्थानीय तह र समुदायबीच सहकार्य जरुरी छ : मुख्यमन्त्री आचार्य


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि स्थानीय तह र समुदायबीच सहकार्य जरुरी रहेको बताएका छन् । आज लमही नगरपालिका–६ मध्यनगरमा आयोजित ‘हातेमालो–७’ एकीकृत अभ्यास कार्यक्रममा उनले मनसुन भित्रिएसँगै आउनसक्ने विपद्को पूर्वतयारीमा जुट्न सरोकार भएका सबैलाई आग्रह गरे ।

विपद् व्यवस्थापनमा स्थानीय तह, समुदाय तथा सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्ने बताउँदै मुख्यमन्त्री आचार्यले समुदायसँग प्रत्यक्ष जोडिएको स्थानीय सरकार सक्रिय र सर्तन रहनुपर्नेमा जोड दिए । कुनै पनि विपद् पूर्व जानकारी दिएर नआउने हुँदा तयारी अवस्थामा रहन उपस्थित सबैलाई उनले अनुरोध गरे ।

उनले भने, “मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न प्रदेश सरकार पूर्णरूपमा प्रतिबद्ध छ । यसमा सरोकार भएका निकाय, समुदाय र स्थानीय तहले समन्वय र सहजीकरण गर्नु जरुरी छ ।” तीनवटै सुरक्षा निकायलाई विपद्मा खोज तथा उद्धारका लागि आवश्यक सामग्रीको अभाव हुन नदिने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विपद्का बेला खोज, उद्धार र प्राथमिक उपचार कसरी गरिन्छ भन्ने व्यवहारिक अभ्यास प्रस्तुत गरेका थिए । सुरक्षाकर्मी र रेडक्रसकर्मीले उद्धार तथा उपचारमा प्रयोग हुने सामग्रीको प्रदर्शनी गरेका थिए ।

कार्यक्रममा नेपाली सेनाका मध्यपश्चिम पृतना सुर्खेतका पृतनापति उपरथी प्रेमबहादुर पुन, लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, नेपाली सेना १९ नं बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सहायकरथी पदमबहादुर बुढा, लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी, दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, प्रहरी तथा सशस्त्र प्रहरीका उच्च अधिकारी, जनप्रतिनिधि, विद्यार्थी र स्थानीय नागरिकको उपस्थिति थियो ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ८ : ३७ बजे

पार्टीभित्रको आत्मनिन्दा र गुटबन्दीले कांग्रेस कमजोर हुन्छ : प्रकाशशरण महत

रूपन्देही– नीति र सिद्धान्तमा बलियो भए पनि आत्मनिन्दा, गुटबन्दी र

गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

गण्डकी– गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति

आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका

म्याग्दे गाउँपालिकाका ६६ श्रमिक मजदुर कोषमा सूचिकृत

दमौली– जिल्लाको म्याग्दे गाउँपालिकाले ६६ श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको

‘खर्बपति’ ट्रम्पसँग भिडेका ‘नीलपति’ मस्क जोगिएलान् ?

शीर्ष धनाढ्यहरूको सूची र सम्पत्ति अध्यावधिक गर्ने गरेको फोर्ब्स म्यागाजिनका