पतञ्जलि जग्गा प्रकरण : एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल « Khabarhub

पतञ्जलि जग्गा प्रकरण : एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर गरिएको मुद्दाका विषयमा शीर्ष नेताहरूसहित कानुनविद्सँग छलफल गरेको छ ।

पार्टीले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणसम्बन्धी विषयमा कानुनविद्सँग छलफल गरेको हो । मन्त्रिपरिषद्को नीतिगत निर्णय गर्ने तत्कालीन कानुनी व्यवस्था, पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणसम्बन्धी निर्णयको भावना, निर्णयपछि हालसम्मको अवस्था, त्यस प्रक्रियामा प्रयोग गरिएका कानुनी आधारलगायत विषयमा छलफल गरेको हो ।

अख्तियारको क्षेत्राधिकार, अख्तियारले मुद्दा दायर गर्नका कारण, त्यसको कानुनी उपचारबारे समीक्षा गरिएको पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए । अदालतमा पुगेको विषयको निरुपण अदालतबाट नै हुने बताउँदै महासचिव भुसालले न्यायालयबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरे ।

आयोगले लगाएको अभियोग प्रतिरक्षाका लागि कानुनी उपचारमा जाने आधार रहेको कानुनविद्हरूले सुझाव दिएको पार्टीले जनाएको छ । आयोगले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अध्यक्ष नेपालसहित ९३ जना दोषी ठहर गर्दै रु १८ करोडमाथिको बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ९ : १० बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान