पतञ्जलि जग्गा प्रकरण : एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल « Khabarhub

पतञ्जलि जग्गा प्रकरण : एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर गरिएको मुद्दाका विषयमा शीर्ष नेताहरूसहित कानुनविद्सँग छलफल गरेको छ ।

पार्टीले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणसम्बन्धी विषयमा कानुनविद्सँग छलफल गरेको हो । मन्त्रिपरिषद्को नीतिगत निर्णय गर्ने तत्कालीन कानुनी व्यवस्था, पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणसम्बन्धी निर्णयको भावना, निर्णयपछि हालसम्मको अवस्था, त्यस प्रक्रियामा प्रयोग गरिएका कानुनी आधारलगायत विषयमा छलफल गरेको हो ।

अख्तियारको क्षेत्राधिकार, अख्तियारले मुद्दा दायर गर्नका कारण, त्यसको कानुनी उपचारबारे समीक्षा गरिएको पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए । अदालतमा पुगेको विषयको निरुपण अदालतबाट नै हुने बताउँदै महासचिव भुसालले न्यायालयबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरे ।

आयोगले लगाएको अभियोग प्रतिरक्षाका लागि कानुनी उपचारमा जाने आधार रहेको कानुनविद्हरूले सुझाव दिएको पार्टीले जनाएको छ । आयोगले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अध्यक्ष नेपालसहित ९३ जना दोषी ठहर गर्दै रु १८ करोडमाथिको बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ९ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै