वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला | Khabarhub Khabarhub

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९ टिमले इङ्गल्यान्डसँगको शृङ्खला जितेको छ।

शनिबार भएको खेलमा सफलता पाएपछि भारतीय टोली ५ खेलको शृङ्खलामा ३-१ लेअघि बढेको हो। भारतले दिएको ३६४ रनको विशाल लक्ष्य पछ्याएको इङ्गल्यान्डले ४५.३ ओभरमा सबै विकेट गुमाउँदै ३०८ रन जोडेको हो।

इङ्गल्यान्डको लागि रोकी फ्ल्न्टिफले १०७ रन प्रहार गरे। ९१ बलको सामना गरेका उनले ७ चौका र ४ छक्का प्रहार गरे। जोसेफ मुरले ४१ बलमा ५२ रन जोडे। भारतका नमन पुष्पकले तीन विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा ३६३ रन जोडेको थियो। भारतका लागि सूर्यवंशीले सर्वाधिक १४३ रन जोडे। ७८ बलको सामना गर्दा उनको पारीमा १३ चौका र १० छक्का समावेश थियो। उनले बिहान मलहोत्रासँग मिलेर दोस्रो विकेटका लागि २१९ रनको साझेदारी गरे।

भारतले २७ ओभरमा २३३ रन जोडेको थियो। २८ औँ ओभरको पहिलो बलमा सूर्यवंशीलाई मोयसले आउट गरेपछि भारतको रनरेट घटेको हो।

मलहोत्राले १२१ बलमा १२९ रन प्रहार गरे। उनको पारीमा १५ चौका र ३ छक्का समावेश थियो। इङ्गल्यान्डका ज्याक होमले ४ तथा सेवास्टिन मोर्गानले तीन विकेट लिए।

सूर्यवंशीले ५२ बलमा शतक पुरा गरेका थिए। यो नै भारतको सबै भन्दा छिटो यूथ ओडिआई शतक हो। सूर्यवंशी आउट भएपछि भारतले ११ बलको अन्तरमा एक रन थप्दै तीन विकेट गुमाएको थियो।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ६ : ११ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी