भोजपुरको धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या « Khabarhub

भोजपुरको धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ ।

भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

राईले माइतीघरमा रहेकी १५ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र सालाे ९ वर्षीय सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूबीच मनिषाको विषयमा विवाद भएको थियो । राजेन्द्र मनिषालाई लिन ससुराली पुगेका थिए। विवाद हुँदा सासूले आफूलाई छुरा हानेपछि आक्रोशमा आएर आफूले श्रीमतीसहित सबैको ज्यान लिएको राजेन्द्रले सुरूवाती बयान दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : ०२ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा