भोजपुरको धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या « Khabarhub

भोजपुरको धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ ।

भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

राईले माइतीघरमा रहेकी १५ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र सालाे ९ वर्षीय सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूबीच मनिषाको विषयमा विवाद भएको थियो । राजेन्द्र मनिषालाई लिन ससुराली पुगेका थिए। विवाद हुँदा सासूले आफूलाई छुरा हानेपछि आक्रोशमा आएर आफूले श्रीमतीसहित सबैको ज्यान लिएको राजेन्द्रले सुरूवाती बयान दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : ०२ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम