उत्कृष्ट इञ्जिनियरलाई पुरस्कृत गरिँदै, आवेदन दिन आज अन्तिम दिन  « Khabarhub

उत्कृष्ट इञ्जिनियरलाई पुरस्कृत गरिँदै, आवेदन दिन आज अन्तिम दिन 


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल इन्जिनियर्स एशोसिएसनले ६३औँ इन्जिनियर दिवस विविध कार्यक्रमसहित साउन २ र ३ गते मनाउने भएको छ ।

एशोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै इन्जिनियरिङ्ग पेशाको विकास, पेशागत हकहितको संरक्षण तथा देशको समग्र पूर्वाधार निर्माणमा इन्जिनियरहरूको योगदानलाई उजागर गर्न दुई दिनसम्म कार्यक्रम आयोजना गर्न लागेको जनाएको हो ।

सन् १९६२ मा स्थापना भएको एशोसिएसनले हरेक वर्ष साउन ३ गते इन्जिनियर दिवस मनाउँदै आएको छ ।

समारोह अन्तर्गत साउन २ र ३ गतेसम्म ६ वटा प्रविधिमूलक सत्र सञ्चालन गरिने छ । ती सत्रमा स्मार्ट सिटी, यातायात पूर्वाधार, जलविद्युत् सुरक्षा, वातावरणीय अर्थतन्त्र, कार्बन बजार तथा हालैको बजेटसँग सम्बन्धित इन्जिनियरिङ् पक्षमा छलफल हुने छ ।

आवेदन दिने आज अन्तिम दिन 
समारोहको विशेष आकर्षणको रूपमा इन्जिनियरिङ पेशामा विशिष्ट योगदान पुर्‍याउने ११ विधाका इन्जिनियर, आर्किटेक्ट तथा संस्थालाई सम्मान गरिने संस्थाले जनाएको छ ।

ती विधाहरूमा लाइफटाइम अचिभमेन्ट, युवा इन्जिनियर पुरस्कार, महिला इन्जिनियर पुरस्कार, नवीनतम इन्जिनियर, प्रवासी इन्जिनियर, शहीद इन्जिनियर नवराज विष्ट स्मृति पुरस्कार लगायत अन्य समावेश छन् ।

सम्मान र पुरस्कारका लागि आवेदन पठाउने आज (आइतबार) अन्तिम दिन हो ।

महासचिव पण्डितले सम्मान र पुरस्कारका लागि योग्य व्यक्तिको नाम आफू स्वयं वा अरू कसैले पनि योग्य लागेको व्यक्तिको नाम पठाउन सक्ने बताए  ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ११ : ४९ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति