उत्कृष्ट इञ्जिनियरलाई पुरस्कृत गरिँदै, आवेदन दिन आज अन्तिम दिन  | Khabarhub Khabarhub

उत्कृष्ट इञ्जिनियरलाई पुरस्कृत गरिँदै, आवेदन दिन आज अन्तिम दिन 


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल इन्जिनियर्स एशोसिएसनले ६३औँ इन्जिनियर दिवस विविध कार्यक्रमसहित साउन २ र ३ गते मनाउने भएको छ ।

एशोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै इन्जिनियरिङ्ग पेशाको विकास, पेशागत हकहितको संरक्षण तथा देशको समग्र पूर्वाधार निर्माणमा इन्जिनियरहरूको योगदानलाई उजागर गर्न दुई दिनसम्म कार्यक्रम आयोजना गर्न लागेको जनाएको हो ।

सन् १९६२ मा स्थापना भएको एशोसिएसनले हरेक वर्ष साउन ३ गते इन्जिनियर दिवस मनाउँदै आएको छ ।

समारोह अन्तर्गत साउन २ र ३ गतेसम्म ६ वटा प्रविधिमूलक सत्र सञ्चालन गरिने छ । ती सत्रमा स्मार्ट सिटी, यातायात पूर्वाधार, जलविद्युत् सुरक्षा, वातावरणीय अर्थतन्त्र, कार्बन बजार तथा हालैको बजेटसँग सम्बन्धित इन्जिनियरिङ् पक्षमा छलफल हुने छ ।

आवेदन दिने आज अन्तिम दिन 
समारोहको विशेष आकर्षणको रूपमा इन्जिनियरिङ पेशामा विशिष्ट योगदान पुर्‍याउने ११ विधाका इन्जिनियर, आर्किटेक्ट तथा संस्थालाई सम्मान गरिने संस्थाले जनाएको छ ।

ती विधाहरूमा लाइफटाइम अचिभमेन्ट, युवा इन्जिनियर पुरस्कार, महिला इन्जिनियर पुरस्कार, नवीनतम इन्जिनियर, प्रवासी इन्जिनियर, शहीद इन्जिनियर नवराज विष्ट स्मृति पुरस्कार लगायत अन्य समावेश छन् ।

सम्मान र पुरस्कारका लागि आवेदन पठाउने आज (आइतबार) अन्तिम दिन हो ।

महासचिव पण्डितले सम्मान र पुरस्कारका लागि योग्य व्यक्तिको नाम आफू स्वयं वा अरू कसैले पनि योग्य लागेको व्यक्तिको नाम पठाउन सक्ने बताए  ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ११ : ४९ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी