सोटो नेपालको अध्यक्षमा शाही चयन « Khabarhub

सोटो नेपालको अध्यक्षमा शाही चयन


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका ट्राभल तथा टुर अपरेटरहरूकाे साझा संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोटो) नेपालको नयाँ नेतृत्व चयन भएको छ । फरवेस्ट ट्राभल एण्ड टुर्सका सञ्चालक तथा सुदूरपश्चिमका पर्यटन व्यवसायी मान बहादुर शाहीको अध्यक्षतामा सोटो नेपालको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो ।

‘समृद्ध पर्यटनका लागि सामूहिक आवाज’ मूल नारा बोकेको सोटो नेपालको शनिबार काठमाडौंमा आयोजित साधारणसभाबाट शाही नेतृत्वको १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष दिनेश बस्नेत, द्वितीय उपाध्यक्ष माधव कँडेल, महासचिव कुमार पराजुली, सचिव कमल बहादुर मगर, कोषाध्यक्ष मधुसुदन नेपाल, सह–कोषाध्यक्ष आनन्द कुमार क्षेत्री रहेका छन् ।

यस्तै, कार्यसमिति सदस्यहरूमा बिन्दु प्रधान, ओम जोशी, दासुराम गौतम, अनिशा ज्ञवाली, सुवोध धिताल, प्रेमकुमार दनुवार र सुजीत यादव चयन भएका छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शाहीले सोटो नेपालको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताए । उनले पर्यटन क्षेत्रको समग्र विकासका लागि सामूहिक प्रयास, पारदर्शी सदस्य छनोट प्रक्रिया, सरकार र सरोकारवालासँगको सहकार्य र उत्तरदायी नेतृत्वको आवश्यकता औंल्याए । उनले पर्यटन व्यवसायीले भोगिरहेका झन्झटबारे आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलगायत व्यक्तिहरुलाई‌ सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १२ : ०२ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले