तुलसीको पात, जरा, डाँट र बीउ सबै औषधि « Khabarhub

तुलसीको पात, जरा, डाँट र बीउ सबै औषधि


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन । हिन्दु धर्मावलम्बीहरूले घरघरमा बनाइएका मठमा तुलसीको बिरुवा रोप्ने परम्परा छ । 

भगवान् श्रीकृष्णको प्रिय वनस्पति मानिने तुलसीको बिरुवा अत्यन्तै पवित्र मानिन्छ । परापूर्व कालदेखि नै धार्मिकसँगै रुघाखोकी जस्ता धेरै बिरामीहरूको उपचारमा प्रयोग हुने तुलसीमा धेरै किसिमका औषधीय गुण रहेको आधुनिक चिकित्सा विज्ञानले पनि पुष्टि गरेको छ । 

तुलसीका पातमा रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, क्यान्सरविरुद्ध सहयोगी तत्त्व पनि पाइएकोले क्यान्सरजस्ता गम्भीर रोगको जोखिम घटाउने सम्भावना देखिएको छ ।

तुलसीको महत्त्व र स्वास्थ्य 

सिंहदरबार वैद्यखानामा कार्यरत डा. हरिदेव यादव भन्छन् तुलसी आयुर्वेदको एकदमै उपयोगी जडीबुटी हो । जसको पात, जरा, र यसको बीउ, डाँठ लगायत सबैको  आ आफ्नै महत्त्व रहेको छ । 

तुलसीमा एन्टिअक्सिडेन्ट र एन्टिब्याक्टेरियल गुण हुन्छन्, जसले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै नियमित तुलसीको पात सेवन गर्दा रुघाखोकी, दम, ज्वरो, एलर्जी जस्ता समस्यामा अत्यन्तै उपयोगी हुने डा. यादवले बताए । 

‘त्यस्तै यसको फूल अर्थात् बीउले पाचन, ग्यास, अपच, पेट फुल्ने जस्ता समस्या तथा पुरुषहरूको प्रजनन क्षमता बढाउन सहयोग गर्छ’ उनले भने । डा. यादवका अनुसार कुनै पुरुषमा शुक्रकिटको कमी छ भने तुलसीको बीउलाई मिस्रीसँग मिसाएर खायो भने शुक्रकिट बढाउन मद्दत गर्दछ । 

तनाव र मानसिक स्वास्थ्य तथा तुलसीको लेप वा रसले छालामा भएको फोका, डण्डीफोर, एलर्जी आदि निको पार्न सहयोग पुग्ने उनको भनाइ छ । 

त्यस्तै तुलसीको जरामा पनि विभिन्न औषधीय गुणहरू रहेको डा. यादव बताउँछन् । 

तुलसीको धार्मिक महत्त्व 

त्यस्तै जुन स्थानमा तुलसी रोपिएको छ त्यो ठाउँमा विषालु सर्प लगायत मानव स्वास्थ्यमा असर गर्ने खालका किरा फटेङ्ग्राहरू आउँदैनन् भन्ने विश्वासका कारण पनि वर्षायाममा घरको आँगनमा तुलसी रोप्ने परम्परा चलेको उनले बताए । 

त्यस्तै कुनै पूजामा पञ्चामृत बनाउँदा होस् या कसैको देहान्तमा तुलसीको डाँठ काठको रूपमा प्रयोग गर्ने गरिएको पाइन्छ । 

तुलसीको धार्मिक महत्त्व मात्रै नभएर यसमा धेरै औषधीय गुणहरू पाइने भएकाले सबैले आ आफ्नो आँगनमा रोप्दा र दैनिक रूपमा यसको पातको पानी, पातको सेवनले शरीरलाई एकदमै फाइदा हुने डा. यादव बताउँछन् । 

यसको कुनै पनि नकारात्मक पक्ष नभएकाले बालबालिकादेखि बृद्धबृद्धा सबैले यसको प्रयोग सकिने उनले बताए ।  

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १ : १२ बजे

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान

नेपालका लागि चीनको चार बुँदे ‘रोड म्याप’ले भारतमा चर्चा पायो

काठमाडौं- चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको