दयाहाङ र प्रकाशले सुरु गरे ‘मिरमिरे’को छायाङ्कन « Khabarhub

दयाहाङ र प्रकाशले सुरु गरे ‘मिरमिरे’को छायाङ्कन


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यम शेर्पाको दोस्रो निर्देशकीय फिल्म ‘मिरमिरे’को छायाङ्कन सुरु भएको छ । पनौतीको बल्थलीस्थित एक विद्यालय परिसरमा शनिबार स्क्रिप्ट र क्यामेरा पूजा गर्दै सुटिङ युनिट छायाङ्कनमा निस्किएको हो ।

फिल्मका शीर्ष कलाकार नायकहरु दयाहाङ राई, प्रकाश सपुत र नायिका सिर्जना निङ्लेखु उक्त पूजामा उपस्थित थिए ।

३५ दिनमा छायाङ्कन सक्ने लक्ष्यका निर्देशक शेर्पा टोली छायाङ्कनमा निस्किएको हो । शेर्पाले भने, ‘मौसमले साथ दियो भने ३५ दिनमा छायाङ्कन पूरा गर्ने लक्ष्य छ ।’

उनका अनुसार यो फिल्मको छायाङ्कन काभ्रेका विभिन्न स्थानमा हुनेछ ।

यस फिल्ममा माहोत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटाको पनि अभिनय रहनेछ । बालकलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल रहेका छन् ।

यस फिल्मका प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्दैछन् । यम र दयाहाङको भने यो दोस्रो सहकार्य हो । यमको डेब्यू फिल्म ‘कार्साङ’को नायक पनि दयाहाङ नै हुन् ।

सिर्जनाले दयाहाङसँग दोस्रो पटक सहकार्य गर्न लागेकी हुन् । सिर्जनाको डेब्यू फिल्म पनि ‘कार्साङ’ नै हो ।

यस फिल्मको लेखक पनि निर्देशक शेर्पा आफैँ हुन् । निर्माताहरु निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १ : ३६ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष