सर्लाहीको भुवनेश्वरी दुग्ध सहकारीलाई ‘राष्ट्रिय सहकारी पुरस्कार’ « Khabarhub

सर्लाहीको भुवनेश्वरी दुग्ध सहकारीलाई ‘राष्ट्रिय सहकारी पुरस्कार’


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यस वर्षको राष्ट्रिय सहकारी पुरस्कार भुवनेश्वरी दुग्ध उत्पादन सहकारी संस्था लि., बरहथवा–१५, सर्लाहीले प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रिय सहकारी दिवस अवसरमा शनिबार आयोजित समारोहमा उक्त सहकारीका अध्यक्ष गोविन्द्रप्रसाद उप्रेतीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र महासंघकी अध्यक्ष ओमदेवी मल्लले नगद ५० हजार रुपैयाँसहित सम्मान गरे ।

केन्द्रीय सहकारी संघतर्फबाट नेपाल कृषि सहकारी केन्द्रीय संघ पुरस्कृत भएको छ । जिल्लाहरूमा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघले उत्कृष्ट सहकारी पुरस्कार २०८१ प्राप्त गरेको छ ।

कोशी प्रदेशबाट मेची कृषक बहुमुखी सहकारी संस्था, झापा र मधेशबाट महिला साना किसान कृषि सहकारी संस्था लि., धनुषा पुरस्कृत भए । बागमतीको सामुदायिक बचत तथा ऋण सहकारी संस्था, काभ्रे र गण्डकीको ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था, स्याङ्जा उत्कृष्ट ठहरिए ।

यसैगरी लुम्बिनीको रुपन्देहीस्थित इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था, कर्णालीको जुम्लास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था र सुदूरपश्चिमको बैतडीस्थित जीवनज्योति बचत तथा ऋण सहकारी संस्था पुरस्कृत भए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको हो । यस वर्ष मनाइएको दिवसको नारा ‘सहकारीः सुन्दर विश्व निर्माणमा समावेशी र दिगो समाधानतर्फको यात्रा’ हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ र हेफर इन्टरनेशनलले तयार पारेको सहकारीसम्बन्धी अध्ययन रिपोर्ट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १ : ५१ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,