सर्लाहीको भुवनेश्वरी दुग्ध सहकारीलाई ‘राष्ट्रिय सहकारी पुरस्कार’ « Khabarhub

सर्लाहीको भुवनेश्वरी दुग्ध सहकारीलाई ‘राष्ट्रिय सहकारी पुरस्कार’


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यस वर्षको राष्ट्रिय सहकारी पुरस्कार भुवनेश्वरी दुग्ध उत्पादन सहकारी संस्था लि., बरहथवा–१५, सर्लाहीले प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रिय सहकारी दिवस अवसरमा शनिबार आयोजित समारोहमा उक्त सहकारीका अध्यक्ष गोविन्द्रप्रसाद उप्रेतीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र महासंघकी अध्यक्ष ओमदेवी मल्लले नगद ५० हजार रुपैयाँसहित सम्मान गरे ।

केन्द्रीय सहकारी संघतर्फबाट नेपाल कृषि सहकारी केन्द्रीय संघ पुरस्कृत भएको छ । जिल्लाहरूमा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघले उत्कृष्ट सहकारी पुरस्कार २०८१ प्राप्त गरेको छ ।

कोशी प्रदेशबाट मेची कृषक बहुमुखी सहकारी संस्था, झापा र मधेशबाट महिला साना किसान कृषि सहकारी संस्था लि., धनुषा पुरस्कृत भए । बागमतीको सामुदायिक बचत तथा ऋण सहकारी संस्था, काभ्रे र गण्डकीको ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था, स्याङ्जा उत्कृष्ट ठहरिए ।

यसैगरी लुम्बिनीको रुपन्देहीस्थित इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था, कर्णालीको जुम्लास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था र सुदूरपश्चिमको बैतडीस्थित जीवनज्योति बचत तथा ऋण सहकारी संस्था पुरस्कृत भए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको हो । यस वर्ष मनाइएको दिवसको नारा ‘सहकारीः सुन्दर विश्व निर्माणमा समावेशी र दिगो समाधानतर्फको यात्रा’ हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ र हेफर इन्टरनेशनलले तयार पारेको सहकारीसम्बन्धी अध्ययन रिपोर्ट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १ : ५१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले