अम्बिका बस्नेतको टिप्पणी : पैसाको भरमा हुने टिकट वितरणले कांग्रेस कमजोर बन्दैछ « Khabarhub

अम्बिका बस्नेतको टिप्पणी : पैसाको भरमा हुने टिकट वितरणले कांग्रेस कमजोर बन्दैछ


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ अम्बिका बस्नेतले अनुशासन अभवामा पार्टी कमजोर हुँदै गएको बताएकी छन् ।

सानेपास्थित केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेतृ बस्नेतले पार्टीभित्रको अनुशासनहीनता, असमान कारबाही, भ्रातृसंस्थाको लथालिंग अवस्था र पैसाको भरमा टिकट वितरणजस्ता समस्याबारे तिखो टिप्पणी गरिन् ।

उनले पार्टीभित्र अनुशासन कायम नहुँदा संगठन दिनप्रतिदिन कमजोर बन्दै गएको बताइन् । ‘अनुशासनबिना कुनै पनि पार्टी अघि बढ्न सक्दैन। हामी नेताहरूलाई सामाजिक सञ्जालमै जथाभावी गाली गर्छौँ, तर कारबाही हुँदैन। जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति कांग्रेसभित्र गढिएको छ’, उनले भनिन् ।

बस्नेतले अनुशासनको कार्यान्वयनमा एकपक्षीयता रहेको भन्दै दुखेसो पोखिन्। ‘एक नेताले कारबाही गर्न चाहन्छ, अर्काले धाप मारेर जोगाउँछ। यस्तो अवस्थामा अनुशासन समिति कमजोर बन्न बाध्य छ,’ उनले भनिन् ।

उनले कांग्रेसभित्र भ्रातृसंस्थाहरूको अधिवेशन नहुनु र कार्यसम्पादन समितिका म्याद बारम्बार थपिँदा पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर भएको बताइन्।

‘कार्यसम्पादन समितिले म्याद थप्न भने ढिला गर्दैन, तर भ्रातृसंगठनहरू अधिवेशन गर्न सक्दैनन्। यस्तो प्रवृत्तिले कांग्रेस कमजोर बन्छ,’ उनले अगाडि भनिन् ।

पार्टीमा देखिएको असमानता र आन्तरिक गुटबन्दीको मूल कारण टिकट वितरण प्रणालीबारे पनि उनले बोलिन् । ‘धनाढ्य र व्यापारीहरूलाई पैसाको भरमा टिकट दिएपछि कांग्रेसमा समस्या सुरु भएको हो । अब सुधार नगरे कांग्रेस थप कमजोर बन्छ’, उनले भनिन् ।

बस्नेतले केपी शर्मा ओली नेतृत्वको सरकार गठनका बेला २०८१ असार १७ गते गरिएको ७ बुँदे सहमतिको कार्यान्वयनबारे समीक्षा गर्नुपर्ने बताइन् ।

संविधान संशोधनसम्बन्धी विषयलाई पनि प्राथमिकतामा राख्न उनले कांग्रेस नेतृत्वलाई आग्रह गरिन्। ‘हामीले क-कससँग बसेर छलफल गर्ने भनेर एजेन्डा बनाउनु पर्छ, अन्यथा संशोधनको विषय ओझेलमा पर्छ,’ उनले भनिन्।

बस्नेतले पार्टी एकता, आन्तरिक अनुशासन, पारदर्शी निर्णय प्रक्रिया र संगठनात्मक सुधारमार्फत् मात्र कांग्रेसले आगामी चुनौती पार गर्नसक्ने उल्लेख गरिन् । ‘हामी एक ढिक्का बन्नुपर्छ, नभए ०८४ को चुनाव कांग्रेसका लागि गाह्रो हुनेछ’, उनले भनिन् ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १ : ५० बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ