बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनुपर्छ : सभामुख घिमिरे « Khabarhub

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनुपर्छ : सभामुख घिमिरे


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन कामको पूर्ण पालन गरी बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिन जरुरी रहेको बताएका छन् ।  

प्रतिनिधिसभा अन्तर्गतका सार्वजनिक लेखा समितिले आइतबार सिंहदरबारमा आयोजना गरेको बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी उद्घाटन गर्दै सभामुख घिमिरेले बेरुजुका कारण मुलुक आर्थिक रूपमा समस्यामा पर्ने देखिएकाले ऐन कामको पूर्ण पालन गरी बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिन जरुरी रहेको बताएका हुन्  ।

वित्तीय सुशासन, आर्थिक अनुशासन र समग्र अर्थतन्त्रमा बेरुजुको प्रभाव र बेरुजु न्यूनीकरणका उपायहरूमाथि छलफल गरेर आवश्यक निष्कर्ष निकाल्नुपर्ने उनले बताए ।

सुशासन,सुख, समृद्धि र समानताको विषय मुलुकको आर्थिक अवस्थाले तय गर्ने भन्दै सभामुख घिमिरेले अर्थतन्त्रलाई बलियो बनाउनु कुरामा ध्यान दिनुपर्ने धारणा राखे ।

सभामुख घिमिरेले हरेक वर्ष देखिने बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने समेत बताए ।  

कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले सार्वजनिक लेखा समितिले सुशासनसँग जोडिएको विषयमा छलफल गरेर बेरुजुसम्बन्धी समस्या हल गर्नका लागि निकास निकाल्नुपर्नेमा जोड दिइन् । 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  २ : ११ बजे

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल)

ओलीको आरोप- सरकारले सांसदलाई उत्तरदायी बनाउन सकेन, कठपुतली बनाउन खोज्यो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र