भरतपुर अस्पतालमा पनि चिकित्सकको धर्ना « Khabarhub

भरतपुर अस्पतालमा पनि चिकित्सकको धर्ना


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत आइतबार यहाँको भरतपुर अस्पतालमा चिकित्सकले धर्ना दिएका छन् । चिकित्सकसँग निजी अस्पताल सञ्चालक, नर्सलगायत स्वास्थ्य क्षेत्रका सरोकारवालाले ऐक्यबद्धता जनाउँदै धर्ना दिएका हुन् ।
 
चितवनका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक भरतपुर अस्पतालमा जम्मा भएर एक घण्टा धर्ना दिएका थिए । धर्ना कार्यक्रममा नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा उमेश नेपाल, भरतपुर अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष डा भोजराज अधिकारी, सङ्घका उपाध्यक्ष एवं भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष डा दीपेन्द्र न्यौपाने, निजी अस्पताल समन्वय समिति (अफिन) चितवनका अध्यक्ष विक्रम अधिकारी, नेपाल नर्सिङ सङ्घका केन्द्रीय उपाध्यक्ष बबिता घिमिरे लगायतले बोलेका थिए । उनीहरुले माग पूरा नहुञ्जले आन्दोलन जारी रहने भन्दै चिकित्सकीय सेवालाई उपभोक्ता अदालत लैजान नहुने बताए । 

सङ्घका सचिव डा महेन्द्र अग्रहरीका अनुसार कार्यक्रममा चितवन मेडिकल कलेज शिक्षण अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललगायत निजी र सरकारी अस्पतालका चिकित्सक सहभागी थिए ।

उपभोक्ता अदालतको निर्णयविरुद्ध आन्दोलित चिकित्सकद्वारा एक घण्टा धर्ना

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  २ : १९ बजे

कानुनी झमेलामा पर्दै युवा कमेडियन

काठमाडौँ- नेपालमा कमेडी विधा बाउन्स ब्याक भएको अवस्थामा छ ।

हावाहुरीले घर भत्किँदा एक महिलाको मृत्यु

रौतहट– रौतहटमा सोमबार साँझ आएको हावहुरीले घर भत्किएर थिच्दा एक

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल