भरतपुर अस्पतालमा पनि चिकित्सकको धर्ना « Khabarhub

भरतपुर अस्पतालमा पनि चिकित्सकको धर्ना


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत आइतबार यहाँको भरतपुर अस्पतालमा चिकित्सकले धर्ना दिएका छन् । चिकित्सकसँग निजी अस्पताल सञ्चालक, नर्सलगायत स्वास्थ्य क्षेत्रका सरोकारवालाले ऐक्यबद्धता जनाउँदै धर्ना दिएका हुन् ।
 
चितवनका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक भरतपुर अस्पतालमा जम्मा भएर एक घण्टा धर्ना दिएका थिए । धर्ना कार्यक्रममा नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा उमेश नेपाल, भरतपुर अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष डा भोजराज अधिकारी, सङ्घका उपाध्यक्ष एवं भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष डा दीपेन्द्र न्यौपाने, निजी अस्पताल समन्वय समिति (अफिन) चितवनका अध्यक्ष विक्रम अधिकारी, नेपाल नर्सिङ सङ्घका केन्द्रीय उपाध्यक्ष बबिता घिमिरे लगायतले बोलेका थिए । उनीहरुले माग पूरा नहुञ्जले आन्दोलन जारी रहने भन्दै चिकित्सकीय सेवालाई उपभोक्ता अदालत लैजान नहुने बताए । 

सङ्घका सचिव डा महेन्द्र अग्रहरीका अनुसार कार्यक्रममा चितवन मेडिकल कलेज शिक्षण अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललगायत निजी र सरकारी अस्पतालका चिकित्सक सहभागी थिए ।

उपभोक्ता अदालतको निर्णयविरुद्ध आन्दोलित चिकित्सकद्वारा एक घण्टा धर्ना

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  २ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै