वर्षा नभएपछि महोत्तरीमा रोपाइँ प्रभावित, किसानलाई खडेरीको चिन्ता « Khabarhub

वर्षा नभएपछि महोत्तरीमा रोपाइँ प्रभावित, किसानलाई खडेरीको चिन्ता


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– समयमा वर्षा नभएपछि मुख्यबाली धान लगाउन नपाएको भन्दै यहाँका किसानले चिन्ता व्यक्त गरेका छन् । असार तेस्रो साता लागिसक्दा पनि पानी नपरेपछि आकाशे पानीको भरमा खेती गर्ने किसान चिन्तित बनेका हुन् ।

‘आव बुझाइय, धान रोप नई पायब, अखाड सेहो २२ भगेल, आव भरोसा टुइटगेल’ (अब धान रोप्न पाइन्न क्या र ! असार पनि २२ भइसक्यो, अब आश टुट्यो) आकाशतिर फर्कँदै भङ्गाहा–४ थारुटोलकी रामसुनरदेवी चौधरीले भनिन्, ‘इ कोन समय आयल, किछ नई बुझाइय'(यो कस्तो समय आयो, केही बुझ्न सकिएन ।)

धान लगाउन नपाएपछि यहाँका अधिकांशको एउटै चिन्ता छ, ‘अबको गुजारा कसरी चलाउने होला ?’ मुलुकका कतिपय भेगमा मध्य असारअघि रोपाइँ सकिएको खबर सुन्दा यहाँका किसान भने यो वर्ष रोपाइँ गर्न पाइन्छ वा पाइँदैन भन्नेमा चिन्तित छन् । 

‘सुनैछी कतेको जग रोपनी भगेल, मुदा अपन त एको गब नई लागल’ (सुन्छौँ, कैयन ठाउँमा रोपाइँ भइसक्यो, तर आफूले त एक गब पनि रोप्न पाइएको छैन) भङ्गाहा–४ टोकाहाका राजकुमार दासले भने, ‘बारिसको कोनो लक्षणकरम नई दिखाइय” (पानी पर्ने त कुनै लक्षण नै देखिँदैन ।) 

लामो खडेरीले ब्याडको बीउ पनि पहेँलिएर सुक्दै गएपछि आफूहरूलाई अब पर्ने पानीले पनि राहत दिने अवस्था नरहेको किसान बताउँछन् । ‘अब पानी परिहाले पनि बीउ अपुग हुन्छ, पहेँलिएको बीउ बौरिन समय लाग्छ’, बर्दिबास–९ पशुपतिनगरका रामचन्द्र थापा मगरले भने, ‘यो खेतीपाती भनेकै दुख्याहा कर्म रहेछ ।’

धान रोप्न नपाएपछि किसानलाई असारमास चलिरहेको भन्न पनि मन छैन । ‘असार मासलाई घरमा मरेको मान्छेको शव छोपछाप गरेर रोपाइँमा निस्कने बेला भन्ने स्थापित भनाइ छ, तर हामी त आकाश ताकेर बसेका छौँ’, बर्दिबास–६ कृष्णपुरका बलराम कार्कीले भने, ‘खेतमा पानी भए न असार लाग्ने हो, न पानी छ, न असारको काम ।’ असार पनि घर्किनै लाग्दासम्म रोपाइँको कुनै छाँट नदेखिएपछि के गर्ने भन्ने सोच्न नसकिएको उनले बताए । 

पानी नपरेर समयमा खेती लगाउन नपाएको चिन्ताले अहिले यहाँका किसान दोधारमा छन् । असार २२ सम्म पानी नपर्दा यहाँका किसानले धानको गाबो सम्म लगाउन पाएका छैनन् । ‘पानी पर्न सकेन, धानको गाबो लाउन नि पाइएको छैन’, बर्दिबास–९  पशुपतिनगरका महेन्द्र महतोले भने, ‘यसपाली परिवारको जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता छ ।’

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ४ : ०१ बजे

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका