कांग्रेस बैठकमा सिटौलाले भने- न्यायपालिकाबारे समीक्षा गर्ने बेला भयो « Khabarhub

कांग्रेस बैठकमा सिटौलाले भने- न्यायपालिकाबारे समीक्षा गर्ने बेला भयो


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पछिल्लो समय आइरहेका आदेश र फैसलालाई लिएर न्यायपालिकाको कामबारे समीक्षा हुनुपर्ने बताएका छन् ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिटौलाले केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्ने क्रममा यस्तो बताएका हुन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले केही दिनअघि गरेको संवैधानिक निकायका ५२ जनाको नियुक्तिसम्बन्धी फैसलालाई लक्षित गर्दै उनले न्यायपालिकाको कामको समीक्षा हुनुपर्ने बताएका हुन्।

‘संवैधानिक निकायमा ५२ जनाको नियुक्तिबारे चार वर्षअघि मुद्दा दर्ता थियो । अहिले आएर यो मुद्दामा फैसला भएको छ’, उनले भने, ‘प्रधान न्यायाधीशसमेत अल्पमतमा पर्ने गरि आएको यो फैसलाको समीक्षा हुनुपर्छ । प्रधान न्यायाधीशकै नेतृत्वमा न्याय निरूपण हुने कुरा संविधानमा लेखिएको छ। तर यति गम्भीर मुद्दामा न्यायाधीशबीच नै बहुमत र अल्पमतका कुरा बाहिरिएका छन् ।’

सिटौलाले न्यायपालिकाको कामबारे अब समीक्षा गरिनुपर्नेमा जोड दिएका छन् । ‘तलदेखि माथिसम्म जिल्ला, उच्च, विशेष, सर्वोच्च अदालतबारे समीक्षा गर्ने बेला भइसकेको छ’, उनले भने, ‘संवैधानिक तथा कूटनीतिक नियुक्तिमा पनि प्रश्न उठाउने अवस्था आएको छ।’

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ५ : ०५ बजे

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल)