कांग्रेस बैठकमा सिटौलाले भने- न्यायपालिकाबारे समीक्षा गर्ने बेला भयो « Khabarhub

कांग्रेस बैठकमा सिटौलाले भने- न्यायपालिकाबारे समीक्षा गर्ने बेला भयो


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पछिल्लो समय आइरहेका आदेश र फैसलालाई लिएर न्यायपालिकाको कामबारे समीक्षा हुनुपर्ने बताएका छन् ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिटौलाले केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्ने क्रममा यस्तो बताएका हुन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले केही दिनअघि गरेको संवैधानिक निकायका ५२ जनाको नियुक्तिसम्बन्धी फैसलालाई लक्षित गर्दै उनले न्यायपालिकाको कामको समीक्षा हुनुपर्ने बताएका हुन्।

‘संवैधानिक निकायमा ५२ जनाको नियुक्तिबारे चार वर्षअघि मुद्दा दर्ता थियो । अहिले आएर यो मुद्दामा फैसला भएको छ’, उनले भने, ‘प्रधान न्यायाधीशसमेत अल्पमतमा पर्ने गरि आएको यो फैसलाको समीक्षा हुनुपर्छ । प्रधान न्यायाधीशकै नेतृत्वमा न्याय निरूपण हुने कुरा संविधानमा लेखिएको छ। तर यति गम्भीर मुद्दामा न्यायाधीशबीच नै बहुमत र अल्पमतका कुरा बाहिरिएका छन् ।’

सिटौलाले न्यायपालिकाको कामबारे अब समीक्षा गरिनुपर्नेमा जोड दिएका छन् । ‘तलदेखि माथिसम्म जिल्ला, उच्च, विशेष, सर्वोच्च अदालतबारे समीक्षा गर्ने बेला भइसकेको छ’, उनले भने, ‘संवैधानिक तथा कूटनीतिक नियुक्तिमा पनि प्रश्न उठाउने अवस्था आएको छ।’

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ५ : ०५ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म