प्राप्त उपलब्धि र अधिकार संस्थागत गर्न कांग्रेसलाई `वेल मेनेज´ गरौँ : प्रकाशमान सिंह « Khabarhub

प्राप्त उपलब्धि र अधिकार संस्थागत गर्न कांग्रेसलाई `वेल मेनेज´ गरौँ : प्रकाशमान सिंह


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्राप्त उपलब्धि र अधिकार रक्षाका लागि कांग्रेस पार्टीलाई व्यवस्थित बनाउनुपर्नेमा जाेड दिएका छन् । 

नेपाली कांग्रेसकाे जारी केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारणा राख्ने क्रममा उनले कांग्रेसकाे संगठनलाई बलियो बनाए मात्रै हालसम्मका संघर्षबाट प्राप्त उपलब्धि र अधिकार संस्थागत हुने बताए । 

`पार्टीको संगठन राम्रो बनाउनेमा लाग्नुपर्छ । कांग्रेस वेल मेनेज भयाे भने प्राप्त उपलब्धिहरू, अधिकारहरू बिस्तारै संस्थागत हुन्छन् । 
एकले अर्कोको दोष देख्ने प्रवृत्तिले संगठन बलियो हुँदैन,´ कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने । 

त्यस्तै उनले कांग्रेसकाे मूल नीतिमा रहेर समयअनुसार पार्टीको रणनीति बनाउनुपर्ने पनि धारणा राखे । कांग्रेस नेता सिंहले पार्टीको महाधिवेशनको मिति नजिक आइसकेको भन्दै महाधिवेशनका लागि आवश्यक जे प्रक्रियाहरू छन्  ती छिटै  पूरा गर्नुपर्ने बताए  । 

त्यस्तै बैठकमा कांग्रेसका तर्फबाट नेतृत्व गरेर सरकारमा रहेका, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री समेत रहेका सिंहले सरकारको कामकारबाही, बजेटलगायतका विषयमा पनि प्रस्ट पारेका थिए । 

सो क्रममा उनले सरकारमा रहेर चाहनाअनुसार काम गरिरहेको भन्दै आफूले सम्हालेको मन्त्रालयबाट भएका नीतिगत र विकासका कामको फेहरिस्त प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ६ : ०८ बजे

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्धहरूलाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको

मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको

ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना, अमेरिकामा सुरक्षा सतर्कता बढ्यो

काठमाडौं- इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक