तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति « Khabarhub

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

भियना– पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको संगठन (ओपेक) र यसका साझेदारहरू मिलेर बनेको समूह ‘ओपेक प्लस’ ले शनिवार एक भर्चुअल बैठकमार्फत आगामी अगस्ट महिनादेखि दैनिक पाँच लाख ४८ हजार ब्यारेल कच्चा तेल उत्पादन बढाउने निर्णय गरेको छ । यो वृद्धिदर जुलाई महिनाको तुलनामा बढी हो ।

ओपेकको  पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको संगठन हो । यो एक अन्तर्राष्ट्रिय संगठन हो,जसको स्थापना सन् १९६० सेप्टेम्बर १४ मा इराकको बगदादमा गरिएको थियो । 

हाल यसको मुख्यालय अस्ट्रियाको भियना शहरमा छ । ओपेकको मुख्य उद्देश्य सदस्य राष्ट्रहरूबीच सहकार्य गर्दै विश्व बजारमा कच्चा तेल (पेट्रोलियम) को मूल्य स्थिर राख्नु, तेलको आपूर्तिमा सन्तुलन कायम गर्नु र सदस्य राष्ट्रहरूको आर्थिक हितको रक्षा गर्नु हो ।

ओपेकले विश्व बजारको मागअनुसार उत्पादनको मात्रा घटाउने वा बढाउने नीति अपनाएर अन्तर्राष्ट्रिय तेल मूल्यमा सन्तुलन ल्याउने प्रयास गर्दछ।

जुलाई महिनामा ओपेक प्लसले दैनिक चार लाख ११ हजार ब्यारेलले उत्पादन बढाएको थियो । समूहले उत्पादनमा गरिएको कटौतीलाई बिस्तारै हटाउने योजनाअनुसार यो निर्णय लिएको हो ।

बैठकमा साउदी अरेबिया, रसिया, इराक, संयुक्त अरब इमिरात, कुवेत, कजाकिस्तान, अल्जेरिया र ओमान लगायतका सदस्य राष्ट्रहरूले विश्व बजारको अवस्था र भविष्यको अनुमानबारे छलफल गरेका थिए ।

ओपेकको वेबसाइटमा जारी वक्तव्यअनुसार, हालको विश्व अर्थतन्त्र स्थिर देखिएको र तेलको भण्डारण (स्टक) न्यून भएकोले बजार अवस्था बलियो देखिएको छ, जसको आधारमा उत्पादन वृद्धिको निर्णय गरिएको हो ।

तर वक्तव्यमा यदि बजारमा अप्रत्याशित परिवर्तन आएमा, यो वृद्धि रोकिने वा उल्टो रूपमा फेरिन पनि सक्ने भनिएको छ । रासस

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : ११ बजे

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा