देउवालाई गोपालमानको चुनौती- तपाईंबाट धोकै धोका पाएँ, अन्तिमसम्म लड्न तयार छु « Khabarhub

देउवालाई गोपालमानको चुनौती- तपाईंबाट धोकै धोका पाएँ, अन्तिमसम्म लड्न तयार छु

गणेशमान र किसुनजी जस्तो रोएर पार्टी नछाड्ने


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी सभापति शेरबहादुर देउवामाथि तीव्र असन्तुष्टि जनाउँदै गम्भीर राजनीतिक आरोप लगाएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै श्रेष्ठ पटक पटक धोका दिएको भन्दै सभापति देउवामाथि खनिएका हुन् ।

‘कांग्रेसबाट गणेशमान र कृष्णप्रसादलाई रुवाएर पठाइयो, तर म रोएर जाने होइन, भिडेर बस्ने हो, याद राख्नुस् म अन्तिमम्म लड्न तयार छु,’ उनले भने।

श्रेष्ठले सभापति देउवाले बारम्बार आफूलाई ‘ढाँटेको’ आरोप लगाउँदै उनले २०७४ सालदेखि निरन्तर अन्यायमा परेको घटनाक्रम विस्तारपूर्वक सुनाए।

श्रेष्ठले १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिन लाग्दा देउवाले ‘१५औँमा तपाईँलाई सघाउँछु’ भनेर रोकेको स्मरण गरे ।

‘देउवाजीले बालुवाटार बोलाएर मलाई सघाउनुस् भन्नुभयो। मैले विश्वास गरेँ। तर १५औँ महाधिवेशन नजिकिँदै जाँदा उहाँले हामीलाई बेवारिसे बनाउनु भयो’, उनले भने ।

आरजु राणा देउवासमेतले आफूसँग सभापति नलड्न अनुरोध गरेको प्रसंग उनले सुनाए। तर त्यसपछि देउवाले गरेका वाचा र सम्मान पालना नभएको भन्दै श्रेष्ठले गुनासो र आक्रोश एकसाथ पोखे।

श्रेष्ठले पटक-पटक देउवाले आफूलाई बेवास्ता गरेको उदाहरणसमेत दिए । ‘रामचन्द्र पौडेल राष्ट्रपति बने, शशांक कोइराला, विश्वप्रकाश शर्मा, विमलेन्द्र निधि, विजय गच्छदार सबैले केही न केही पाए। तर गोपालमान चाहिँ खाली हात मलाई वरिष्ठ नेता बनाउने प्रस्तावसम्म टारियो’, उनले भने ।

उनले कार्यवाहक सभापति बनिसकेको भन्दै वर्तमान उपसभापति पूर्णबहादुर खड्काले आफूलाई कमजोर देखाउन खोजेको आरोपसमेत लगाए।

श्रेष्ठले २०७४ को चुनावमा अन्तरघातको उजुरी दिए पनि कारबाही नभएको गुनासो । पोखे रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँ र आरजु राणा चुनाव लडेको कैलालीमा मात्र सीमित कारबाही गरिएको आरोप उनले लगाए।

‘७५ जिल्लामा साँढेझैँ अन्तरघातीहरू छाडियो। मेरो उजुरी कुन दराजमा थन्कियो, आजसम्म थाहा भएन’, उनले भने, ‘सर्वसम्मतिका नाममा रामचन्द्र र आरजुको इशारामा गोविन्दराज जोशी र पुष्करनाथ ओझालाई मात्रै कारबाही गरियो । तर हामीले दिएको उजुरीमा आजसम्म छानबिनसमेत भएको छैन । बरु मविरुद्ध अन्तरघात गर्नेहरू माथिल्लो पदमा पुगसके ।’

श्रेष्ठले कांग्रेसभित्र वरिष्ठ र पाका नेता कार्यकर्ताहरूलाई बेवास्ता गर्ने प्रवृत्ति पार्टीमा बढिरहेको भन्दै आक्रोश पोखे। उनले छोराछोरी ठूला भएपछि बुबाआमालाई वृद्धाश्रम पठाए जस्तो नगर्न पनि देउवालाई चेतावन दिए । ‘गोपालमानले कांग्रेस छोडेर जाने होइन, अन्तिमसम्म भिड्न तयार छ’, उनले भने ।

‘गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई कांग्रेसबाट रुवाएर पठाउने काम भयो। अब गोपालमानलाई पनि वृद्धाश्रम पठाउन खोजिएको हो ? यो कांग्रेस हो, म छोडेर जान्न। गणेशमान र किसुनजी जस्तो रोएर छाड्दिनँ, भिडेर बस्छु, एक्लै भए पनि लड्छु’, उनले भने ।

श्रेष्ठले माओवादी र एमालेले आफ्ना नेताहरूलाई संकटमा जोगाउने गरेको स्मरण पनि गरेका छन् । ‘कृष्णबहादुर महरा दोषी ठहरिए पनि माओवादीले जोगायो। एमालेले पनि आफ्ना नेताहरूलाई बचायो । तर कांग्रेसले विजय गच्छदार, गोविन्दराज जोशी, खुमबहादुर खड्काहरूलाई जोगाउन कुनै पहल गरेन । उनीहरूलाई भ्रष्टाचार मुद्दा लगाएर सक्ने काम गरिँदा नेतृत्व रमिते भएर बस्यो’, उनले भने ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ८ : १२ बजे

सरकारले भन्यो : वास्तविक सुकुम्बासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र सार्वजनिक जग्गा खाली गरिनेछ

काठमाडौं – सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित रूपमा

रोल्पा जीप दुर्घटना अपटेड : मृतकको संख्या २० पुग्यो

दाङ – रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको

सार्वजनिक खरिद अध्यादेश : टेण्डर सूचना पत्रिकामै छाप्नुपर्ने व्यवस्था हट्यो

काठमाडौं – सरकारले ल्याएको सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३

आयातका लागि किर्ते अनुमति पत्र तयार गरेको आरोप व्यवसायी अग्रवाल पक्राउ

काठमाडौं – सिमभिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नविनकुमार अग्रवाल पक्राउ परेका

राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी अध्यादेश

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेललेसार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्।