काठमाडौं– नेपाली समाजमा विशेषगरी हिन्दू सभ्यतामा रुद्राक्षका किस्सा प्रशस्त सुनिन्छन् । किस्साहरूमा रुद्राक्षलाई भगवान् शिवको आँसु वा पसिनाको रूपमा पनि चित्रण गरिएको पाइन्छ ।
तस्बिरमा भगवानका गला र पाखुरामा देखिने रुद्राक्ष पछिल्लो समय विभिन्न सभा/समारोहमा अतिथि सत्कारमा समेत प्रयोग भएको देखिन्छ ।
काठमाडौंका मठ-मन्दिरका आसपासमा प्रशस्त रूपमा रुद्राक्ष बेच्न राखिएको देख्न सकिन्छ । यति धेरै रुद्राक्ष कहाँ उत्पादन हुन्छन् ? कसले किन्छन् ? किन किन्छन् ? के रुद्राक्षमा औषधीय गुण छ ? यसमा दैविक शक्ति हुन्छ ? अथवा यसमा वैज्ञानिक महत्त्व पनि रहन्छ ?
रुद्राक्षका आध्यात्मिक, औषधीय र आर्थिक महत्त्व के कस्तो रहेको छ भन्ने बारेमा केन्द्रित रहेर रुद्राक्ष व्यवसायी सुरेशकुमार चापागाईँसँग कुराकानी गरेका छौँ ।
चापागाईँका तीनपुस्ता रुद्राक्ष व्यवसायमा संलग्न छन् । बुबा टीकाप्रसाद र हजुरबुबा प्रयागराज चापागाईँले भारतका विभिन्न सहरमा पुर्याएर रुद्राक्षलाई नगदे वस्तुका रूपमा परिचित गराएका थिए ।
पाशुपत क्षेत्रमा रहेर उनको परिवारले रुद्राक्ष व्यवसाय गर्न थालेको पाँच दशक नाघिसक्यो । पुलचोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङ गरेका चापागाईँ केही समयको सरकारी सेवापछि रुद्राक्ष व्यवसायमै केन्द्रित रहेका छन् ।
व्यवसायी चापागाईँको अनुभवमा हालसम्मकै महँगो रुद्राक्ष २१ मुखे रहेको छ । आफ्नो व्यावसयीक यात्रामा उनले त्यस भन्दा महँगो रुद्राक्ष पाएका छैनन् । हेरौँ उनीसँगको अन्तर्वार्ता ।
प्रतिक्रिया