सर्भर नचल्दा पञ्जीकरणको काममा समस्या | Khabarhub Khabarhub

सर्भर नचल्दा पञ्जीकरणको काममा समस्या


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भोजपुर- स्थानीय तहमा कामकाजका लागि सञ्चालन गरिएको सर्भर नचल्दा सेवा प्रवाहमा समस्या भएको छ । सर्भर नचल्दा सेवाग्राही घण्टौँसम्म लाइन बस्नुपर्ने अवस्था छ ।

यतिबेला स्थानीय तहका वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरण, राजस्व सङ्कलनलगायत काम गरिरहेका छन् । तर सर्भर नचल्दा सेवाग्राही तथा कर्मचारीले हैरानी भोग्नुपरेको छ । सर्भरका कारण सेवा प्रवाहमा समस्या भएपछि भोजपुर नगरपालिका–५ बोखिमले बिहान कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको छ ।

बिहान दुई दिन जति राम्रो ढङ्गले सेवा दिएको भए पनि पछिल्लो समय सर्भरमा त्यही समस्या देखिएको वडासचिव अभिनास राईले जानकारी दिए । सेवा प्रवाहका क्रममा दैनिकजसो सर्भर नचल्दा सेवाग्राही मारमा पर्ने गरेका उनको भनाइ छ ।

‘अहिले वडास्तरमा सर्भरमार्फत गर्ने कामको चाप छ, बिहान राम्रो चल्छ कि भनेर कार्यालय खोलेर सेवा प्रवाह गर्दै आएका छौँ । केही दिन त राम्रै चल्यो, अहिले फेरि उस्तै समस्या छ । सर्भर नचल्दा दुईचार मिनेटमा हुने कामको लागि घण्टौँ लाग्ने अवस्था छ ।’

वडामा सामाजिक सुरक्षा भत्ता लिने तीन सय ५२ लाभग्राहीमध्ये बिहान सेवा सञ्चालन गरेर एक सयका हारहारीको नवीकरण सम्पन्न भएको वडासचिव राईले बताए । प्रायः सबै स्थानीय तहमा सर्भर नल्दा सेवा प्रवाहमा समस्या भएको उनले जानकारी दिए ।

सर्भरमा समस्या आएर सेवा प्रवाहमा कठिनाइ भएपछि नागरिकलाई सहज रूपमा सेवा दिने उद्देश्यले बिहान पनि कार्यालय सञ्चालनमा ल्याएको भोजपुर नगरपालिका–५ बोखिमका वडाध्यक्ष फविन्द्र प्रधानले बताए । (रासस) 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ९ : ४९ बजे

आरटीएन दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न 

विराटनगर– आरटीएन (राउण्ड टेबल नेपाल) दिवसको अवसरमा विराटनगर सेन्ट्रल राउण्ड टेबल

जंगली हात्ती दिउँसै बस्तीमा पसेपछि स्थानीय त्रसित

कञ्चनपुर– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित जाई–पर्सिया गाउँमा दिउँसै जंगली हात्ती

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा

कार्यस्थलमा छैन स्तनपान कक्ष

चितवन– सरकारले सुत्केरी महिलाका लागि तीन महिना बिदा दिने गरेको