तेमाल गाउँका सहरमा बस्नेलाई शिविरमार्फत सेवा « Khabarhub

तेमाल गाउँका सहरमा बस्नेलाई शिविरमार्फत सेवा


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काभ्रे– तेमाल गाउँपालिकाले गाउँ छाडेर काठमाडौं उपत्यकालगायत सहरमा बस्ने नागरिकलाई घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको छ ।

गाउँपालिकाले विशेषगरी आफ्ना नागरिक बसेको स्थानमै शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण एवं नवीकरण गरेको हो ।

एकहप्ते शिविरबाट पाँच सय ९१ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको सो गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले बताए । उनले जहाँ गाउँपालिकाका नागरिक बस्छन् त्यही सेवा उपलब्ध गराउने बताए ।

गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख उद्धवप्रसाद पाण्डेको नेतृत्वमा सात स्थानमा शिविर सञ्चालन गरिएको थियो ।

काठमाडौंको कुमारीगाल शिविरबाट ६२, जोरपाटीबाट ८५, कपनबाट ५८, स्वयम्भूबाट ७१ र कोटेश्वरबाट एक सय ५२, भक्तपुरको सूर्यविनायकबाट ९८ र काभ्रेपलाञ्चोकको बनेपामा ६५ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका उनले जानकारी दिए ।

उपत्यकालगायतका सहरमा बस्ने तेमालका नागरिक अब सामाजिक सुरक्षा भत्ता लिन गाउँसम्म पुग्नुपर्ने बाध्यताबाट मुक्त भएको सो गाउँपालिकाले जनाएको छ । (रासस)

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १० : ०९ बजे

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ