ट्रान्सफर्मर चोरी घटनामा १२ जना पक्राउ, ठूलो परिमाणमा तामाको तार बरामद « Khabarhub

ट्रान्सफर्मर चोरी घटनामा १२ जना पक्राउ, ठूलो परिमाणमा तामाको तार बरामद


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरी घटना प्रकरणमा १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरी कार्यालय विराटनगरमा मङ्गलबार ट्रान्सफर्मर चोरी घटनामा संलग्न ७ जना र उक्त सामान खरिद गर्ने ५ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

पक्राउ परेकामध्ये मोरङ ग्रामथान, बेलबारी र सुनसरी दुहबीका स्थानीय युवाहरू रहेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले जानकारी दिए । यस्तै, चोरीका सामान खरिद गर्नेमा विराटनगर, दुहबी र इटहरीका व्यापारी छन् ।

झापा, सुनसरी र मोरङका विभिन्न स्थानबाट ट्रान्सफर्मर चोरी भइरहेको जानकारी पाएपछि प्रदेश प्रहरीले निगरानी र ‘स्टिङ अपरेसन’ सञ्चालन गरेको थियो ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा सीसीटीभी फुटेज, शङ्कास्पद स्थानमा खानतलासी, र तामा फ्याक्ट्री तथा भाँडा पसलमा निगरानी गर्दै आएको थियो ।

प्रहरीले पक्राउ परेकाहरूले सुनसरीबाट १२ थान, मोरङबाट ८ थान र झापाबाट २ थान गरी २२ वटा ट्रान्सफर्मर चोरी गरेको जनाएको छ ।

यस्तै, ट्रान्सफर्मरमा प्रयोग हुने ३ सय ७० किलोग्राम तामाको तार, चोरीमा प्रयोग भएका औजार, मोटरसाइकल ५ थान, पिकअप गाडी १ थान र मोबाइल १२ थानसमेत बरामद गरिएको छ ।

यस्तै, चोरीमा संलग्न व्यक्‍तिहरूबाट विभिन्न साइजका डायल रेन्च २२ थान, सलाई रेन्च ३ थान, पिलास ३ थान, पेचकस ३ थान, छिनो १ थान, साङ्ली १ थान, कैची १ थान, ह्याक्सो बिलेट ३ थान, खन्ती १ थान, ब्याट्री सहितको इलेकट्रिक ग्रेन्डर १ थान, झम्पल १ थान र उनीहरूले प्रयोग गरेका को १ च ७७२९ नम्बरको पिकअप गाडी १ थान, विभिन्न कम्पनीको ५ थान मोटरसाइकल र १२ थान मोबाइल समेत बरामद गरेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १० : ३३ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं