नक्कली नोटसहित दुई जना पक्राउ « Khabarhub

नक्कली नोटसहित दुई जना पक्राउ


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको लु९२प २३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले नक्कली नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको टोलीले गए राति नियन्त्रणमा लिएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट जम्मा ३८ हजार फेला परेको हो ।

बरामद नक्कली नोट र प्रयोग गरिएको मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १० : ५२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने