कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई ज्ञानेन्द्रले भने- राजनीति गर्ने थलो र भत्ता पचाउने मेलो नबनाऊ   « Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई ज्ञानेन्द्रले भने- राजनीति गर्ने थलो र भत्ता पचाउने मेलो नबनाऊ  


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रेडियोलोजिस्ट चिकित्सकको अभावप्रति कडा आक्रोश व्यक्त गर्दै प्रतिष्ठानको नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन्। 

जुम्लाबाट प्रतिनिधिसभा सदस्य समेत रहेका शाहीले वार्षिक ५० करोड रुपैयाँ बजेट प्राप्त हुँदा पनि रेडियोलोजिस्ट जस्तो अत्यावश्यक चिकित्सक नराखिएको भन्दै उनले यो जुम्ला र समग्र कर्णालीको अपमान भएको बताएका छन् ।

शाहीले सामाजिक सञ्जालमार्फत प्रतिष्ठानका कार्यवाहक उपकुलपति र रजिस्ट्रारको वार्षिक ५० लाख तलब र अनावश्यक कार्यकर्ता भर्तीमा करोडौँ खर्च भएको जनाएका छन् । 

तर जनताको स्वास्थ्य सेवाका लागि आधारभूत जनशक्ति व्यवस्थापन नगरेको भन्दै ‘अत्यधिक दादागिरी’ देखाएको संज्ञा दिएका छन्। उनले यो बेथितिविरुद्ध कर्णाली र जुम्लावासी चुप नबस्ने चेतावनी दिँदै सम्बन्धित निकायलाई जानकारी गराइसकेको र चाँडै सुधारको अपेक्षा गरेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘यो दादागिरीका विरुद्धमा सिंगो कर्णाली र जुम्ला जिल्ला चुप लागेर बस्दैन हेक्का रहोस्। बेलैमा सुध्रिनुस्। हैन भने कर्णालीवासी एवं जुम्ली जनताले आफ्नो अधिकार प्रयोग गर्नेछन्।’

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ११ : १७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने