कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई ज्ञानेन्द्रले भने- राजनीति गर्ने थलो र भत्ता पचाउने मेलो नबनाऊ   « Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई ज्ञानेन्द्रले भने- राजनीति गर्ने थलो र भत्ता पचाउने मेलो नबनाऊ  


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रेडियोलोजिस्ट चिकित्सकको अभावप्रति कडा आक्रोश व्यक्त गर्दै प्रतिष्ठानको नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन्। 

जुम्लाबाट प्रतिनिधिसभा सदस्य समेत रहेका शाहीले वार्षिक ५० करोड रुपैयाँ बजेट प्राप्त हुँदा पनि रेडियोलोजिस्ट जस्तो अत्यावश्यक चिकित्सक नराखिएको भन्दै उनले यो जुम्ला र समग्र कर्णालीको अपमान भएको बताएका छन् ।

शाहीले सामाजिक सञ्जालमार्फत प्रतिष्ठानका कार्यवाहक उपकुलपति र रजिस्ट्रारको वार्षिक ५० लाख तलब र अनावश्यक कार्यकर्ता भर्तीमा करोडौँ खर्च भएको जनाएका छन् । 

तर जनताको स्वास्थ्य सेवाका लागि आधारभूत जनशक्ति व्यवस्थापन नगरेको भन्दै ‘अत्यधिक दादागिरी’ देखाएको संज्ञा दिएका छन्। उनले यो बेथितिविरुद्ध कर्णाली र जुम्लावासी चुप नबस्ने चेतावनी दिँदै सम्बन्धित निकायलाई जानकारी गराइसकेको र चाँडै सुधारको अपेक्षा गरेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘यो दादागिरीका विरुद्धमा सिंगो कर्णाली र जुम्ला जिल्ला चुप लागेर बस्दैन हेक्का रहोस्। बेलैमा सुध्रिनुस्। हैन भने कर्णालीवासी एवं जुम्ली जनताले आफ्नो अधिकार प्रयोग गर्नेछन्।’

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ११ : १७ बजे

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ