कांग्रेसले पार्टीको नक्कली लेटरप्याड र छाप प्रयोग गरेर विदेशिएकाको निगरानी गर्ने « Khabarhub

कांग्रेसले पार्टीको नक्कली लेटरप्याड र छाप प्रयोग गरेर विदेशिएकाको निगरानी गर्ने


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस रोल्पाले पार्टीको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरेर द्वन्द्व प्रभावितको बहाना बनाएर अमेरिकालगायतका देश गएका नेपालीमाथि निगरानी गर्ने भएको छ । 

कांग्रेस रोल्पाले पार्टी गतिविधिहरूमा सक्रिय भएका कारण द्वन्द्व प्रभावित भएको, माओवादीका कार्यकर्ताले धम्की दिएकाले नेपालमा बस्न नसकी जीवनरक्षाका लागि अमेरिकालगायतका देशमा आउनुपरेको भन्दै गलत सिफारिस बनाएर सम्बन्धित देशमा पेस गरेका र गर्ने प्रक्रियामा रहेकाहरू माथि निगरानी बढाउने भएको हो । 

कांग्रेस रोल्पाका सभापति किशोरकुमार आचार्यले बुधबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘यस प्रकारका गलत, भ्रामक र कानूनविपरितका कार्यहरूको बारेमा सम्बन्धित देश (विदेश) मा रहेका पार्टी जनसम्पर्क समितिको सहयोग र सम्बद्ध सबैसँग सहकार्य गरी सत्यतथ्य पत्ता लगाई सो सम्बन्धमा सबै देशका नेपालस्थित राजदूतावास समेतमा पार्टीको तर्फबाट कूटनीतिक पहल गरी आवश्यक प्रक्रिया अगाडि बढाउने भएकाले त्यस्ता गलत क्रियाकलाप नगर्न नगराउन सम्बद्ध सबैलाई यसै विज्ञप्तिमार्फत् सचेत गराइएको छ ।’

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १२ : १७ बजे

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सकेर निस्के प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्

बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको विपत्तिको घटना अहिलेसम्मकै ठुलो