धितोपत्रको आइजीन छुट्याउन ५ वटा प्रमाण चाहिने « Khabarhub

धितोपत्रको आइजीन छुट्याउन ५ वटा प्रमाण चाहिने


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विचाराधीन ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका २०८२’ पारित भएमा अब दुईवटा अन्तरराष्ट्रिय परिचयपत्र नम्बर (आइजिन नम्बर) लिइरहेका कम्पनीहरुले मर्जरका लागि निवेदन दिनुपर्ने भएको छ ।

निर्देशिका पारित हुनुअघि संस्थापक र साधारण सेयरलाई मिसाएर एउटै आइजीन नम्बर लिएका कम्पनीहरुलाई समेत दुईवटा आइजीन नम्बर दिइने प्रस्तावित निर्देशिकामा व्यवस्था छ ।

सिडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) बाट सर्वसम्मत पारित भई धितोपत्र बोर्डमा पुगेको प्रस्तावित निर्देशिकाकबो दफा ७ को (२) मा भनिएको छ,‘यस निर्देशिका लागु हुनु पूर्व संस्थापक र सर्वसाधारण समूहको धितोपत्रको लागि एउटै आइजिन दिई लकइन अवधिमा भएका धितोपत्र समेतलाई निर्देशिका लागु भए पश्चात फरक फरक आइजिन प्रदान गरिने छ ।’

निर्देशिकाअनुसार कुनै धितोपत्रलाई फरक–फरक आइजीन प्रदान गरिएकोमा त्यस्तो धितोपत्रका लागि प्रचलित कानून वमोजिम फरक आइजीन आवश्यक नपर्ने देखिएमा संगठित संस्थाको अनुरोधमा सीडीएससीले आवश्यकताअनुसार आइजीन मिश्रण (मर्जर) गर्न सक्नेछ ।’

आइजीन मर्जर गर्दा चाहिने कागजात

१. आइजीनमा मिसाउने सम्बन्धमा सम्बन्धित संगठित संस्थाको साधारण सभाबाट पारित गरेको निर्णयको प्रमाणित प्रतिलिपि ।
२. धितोपत्र मिश्रण गराउने सम्बन्धमा राष्ट्रिय स्तरको दैनिक पत्रिका तथा अन्य सञ्चारका माध्यममा कम्तिमा दुईपटक सूचना प्रकाशन गरेको प्रमाण ।

३. धितोपत्र मिश्रण गराउने सम्बन्धमा बोर्डको सहमतिको प्रमाण ।

४. धितोपत्र मिश्रण गराउने सम्बन्धमा धितोपत्र बजारलाई जानकारी गराइएको प्रमाण ।

५. प्रचलित कानुनबमोजिम फरक आइजीन आवश्यक नपर्ने सम्बन्धमा सम्बन्धित संगठित संस्थाको स्वघोषणा ।

यसअघि सीडीएससीबाट बैंक तथा वित्तीय संस्थाहरुले संस्थापक र साधारण सेयरका लागि दुईवटा आइजीन नम्बर पाउँदै आएका थिए । हाइड्रो लगायत अन्य कम्पनीहरुले भने शुरुमा दुईवटा आइजीन नम्बर लिने तर बीचमा संस्थापक र साधारण सेयरलाई मिसाएर एउटै आइजीन बनाउने गर्दै आएका थिए ।

कुनै पनि नियम–कानूनमा नटेकी भनसुनका आधारमा आइजीन मर्जर गरिनु उचित नहुने भन्दै यसलाई व्यवस्थित गर्नका लागि सीडीएससीले नयाँ निर्देशिकाको मस्यौदा तयार पारेर सेबोनमा पठाएको हो ।

कतिपय व्यवसायीहरु भने यो निर्देशिका पारित हुन नदिन अर्थ मन्त्रालयदेखि बालुवाटारसम्म दौडधूप गरिरहेका छन् ।

यो पनि–

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १२ : १९ बजे

बागमती नदीमा डुबेका दुवै युवकको शव भेटियो

सर्लाही – नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको

गाडी दर्ता रोकिएपछि व्यवसायीको प्रश्न : भन्सारमा रोकिएका सवारीको क्षतिपूर्ति कसले दिन्छ ?

काठमाडौं- यातायात व्यवस्था विभागले बिहीबार देशभरका ४४ यातायात कार्यालयलाई विद्युतीयसहित

बहसमा कमेडी : अश्लील शब्द नबोली हँसाउन सकिँदैन ?

काठमाडौं – कमेडीमा अश्लील शब्द प्रयोगका विषयले सामाजिक सञ्जालमा बहसको

एकाएक रोकियो ‘लुसिफर राइजिङ’ नाटक, सरकारकै मान्छेको दबाब, कलाकारलाई मार्ने धम्की

काठमाडौं- काठमाडौंमा मञ्चन भइरहेको एउटा नाटक सरकारले दबाब दिएर रोकेको